Friday 16th January 2026

निर्भया बलात्कार काण्ड-चार जनालाई फाँसी दिइयो


भारतको दिल्लीमा सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चार जनालाई मृत्युदण्ड दिइएको छ । दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई शुक्रबार बिहान ५:३० मा झुन्ड्याएर मृत्यु दण्ड दिइएको हो ।

निर्भया बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षयकुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका छन् ।

सन् २०१२ मा २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको बसभित्रै सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनामा ६ जनालाई अदालतले दोषी ठहर गरेको थियो । तीमध्ये एकजनाले तिहाड जेलमै आत्महत्या गरेका थिए भने अर्का एकलाई बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको थियो ।

घटनापछि भारतभर प्रदर्शन भएका थिए । उनीहरुलाई फाँसी दिएपछि आफूहरुले न्याय पाएको निर्भयाका बाबुआमाले बताएका छन् ।
-नयाँपत्रिकाडेलिबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...