Friday 16th January 2026

नेपाल सरकारको उपभोक्ता संरक्षण सदभावनादूतमा किरण केसी


तितोपाटी- नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो।

नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता अधिकार सदभावनादूतका रुपमा हांस्य अभिनेता रातामकैलाई नियुक्त गरिएको जानकारी गायक देवेन्द्रमान सिंहले भिजन संसार डटकमलाई दिएका छन्। गायक सिंहका अनुसार, अभिनेता रातामकैको नेपाल सरकारले गरेको यो उच्च–मूल्यांकन हो। रातामकैले उपभोक्ता संरक्षणको क्षेत्रमा दशकौ समयदेखि कार्य गर्दैआएबापतको यो ठूलो सम्मान अनि पुरस्कार पनि हो।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...