Thursday 12th March 2026

कुवेत लक डाउनको अवस्थामा


तोयानाथ उपेक्षित – कुवेत सरकारको मन्त्रीमण्डलले भोलीबाट लागु हुने गरी २६ मार्च सम्म १४ दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । कोरोना भाईरसको बढदो प्रकोप रोक्न यस्तो कदम उठाईएको बताईएको छ । शुक्रवार मध्यान्हबाट अर्को शुक्रवार सम्मका लागि सबै हवाई सेवा पनि बन्द हुने भएको छ ।

गत महिना फेब्रुअरी २४ का दिन कोरोनाको संक्रमण कुवेतमा देखिए यता स्कुल र कलेजहरु भने बन्दै थिए । अहिले गरिएको घोषणा अनुसार प्राईभेट कम्पनीहरुको हकमा सार्वजनिक विदा हो होईन स्पष्ट भईसकेको छैन । कुवेतमा पछिल्लो तथ्यांक अनुसार कोरोना भाईरसको संक्रमण ७२ जनामा देखिएको छ र ति मध्ये अधिकांश कुवेत बाहिरबाट प्रवेश गर्नेहरु नै भएको बताईन्छ, त्यसमा पनि ठुलो संख्या ईरानबाट आउनेहरुको रहेको छ ।

पछिल्लो अपडेट अनुसार कुवेतका विभिन्न ठाउँमा क्वारेन्टाईन केन्द्र बनाएर राखिएका ८३१ जना मध्ये ७२ जना संक्रमित छन जस मध्ये ५ जनाको अवस्था गंभिर छ भने ५ जना ठिक भएर घर फर्किएका छन । जुलैया स्थित एलजोन रिर्सोटमा ईराकबाट ल्याईएका कुवेतका नागरिक १०५ जना छन । यसरी नै ईरान तथा ईटली, थाईल्याण्ड, सिंगापुर, कोरिया लगायत विभिन्न कोरोना प्रभावित देशहरुबाट कुवेत ल्याईएका मध्ये खैरान रिर्सोटमा ५८० जना र मंगाफ स्थित अलकुत विच होटलमा १४६ जनालाई राखिएको छ ।

ईरानबाट आउने निजी डुंगा तथा मछुवाराहरुको आवागमनबाट कुवेतमा कोरोना भित्रिएको आशंका पनि गरिएको छ तर कुवेत सरकारले आधिकारिक रुपमा यहाँ भित्रभित्रै के कति जना संक्रमित छन भन्ने खुलाएको छैन । ईरानमा कोरोनाको डरलाग्दो प्रकोपबाट अधिकांश खाडी राष्ट्रमा कोरोनाको विस्तार भएको पाईन्छ ।

कुवेत सरकारले कोरोनाको प्रकोप फैलन नदिन १६ वटा देशमा जाने आउने हवाई सेवा पनि केही दिन पहिलेबाट नै बन्द गरेको छ तर नेपालमा जाने हवाई सेवा भने बन्द गरेको छैन । दक्षिण एषियाली मुलुक भारत, श्रीलंका र बंगलादेशमा कुवेतबाट हुने सिधा उडानहरु बन्द छन । आगामी शुक्रवारबाट एक साताका लागि सबै यात्रु विमानहरु बन्द हुनेछन । कार्गो विमानहरु भने यथावत नै चल्ने छन ।

कोरोनाले गर्दा आजको निर्णयले लगभग कुवेत सेमी लक डाउनको अवस्थामा पुगेको छ । यसबीच कुवेतका सरकारी तथा गैह सरकारी कार्यलय, स्कुल, कलेज तथा होटल र रेष्टुरेन्टहरुमा सानीटाईजिंग गर्ने गराउने काम पनि तिव्र गतिले भईरहेको छ भने स्वयं स्वास्थ्य मन्त्रीले दुई दिन पहिले मात्र कुवेतको विमानस्थलमा कोरोना भाईरस नियन्त्रणका लागि एन्टि व्याक्टेरियल केमिकलले स्प्रे गर्नु भएको भिडियो सार्वजनिक भएको थियो ।

कुवेतमा भाईरस नियन्त्रणको प्रयासलाई युद्धस्तरमा अघि बढाईएको कुरा यहाँको सरकारले उठाएका अनेकौ कदमहरुबाट देख्न सकिन्छ । गत फेब्रुअरी २७ तारिक यता कुवेत प्रवेश गरेका कसैले पनि १४ दिन सम्म काममा जान पाउँदैनन् । उनीहरुलाई सम्बन्धित कम्पनीले अलगै राख्न पर्ने नियम जारी गरेको छ भने तिनीहरुले अव स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गराउन पर्ने हुन्छ । मार्च १२ बाट कुवेतको मिसरफ स्थित ईन्टरनेश्नल फायर्स ग्राउण्डको हल नम्बर ६ मा जानु पर्ने हुन्छ ।

जहारा प्रशासनिक निकाय अन्तरगतका विदेशी नागरीकले १२ मार्चमा, मुवारक अल कविर अन्तरगतका लागि १३ मार्चमा, फरवानियाका लागि १४ मार्च, हवालीका लागि १५, अहमादीका लागि १६ र क्यापिटल अल असिमाका लागि १७ मार्चमा स्वास्थ्य परिक्षण गराउने गरी तोकेको छ । जसका लागि सिभिल आईडी र पासपोर्ट अनिवार्य साथमा हुन पर्ने छ । यदि कसैले मार्च २७ यता कुवेत आएर स्वाथ्य परिक्षणका लागि नगएमा उसले कानून बमोजिम दण्ड र सजाय व्यहोर्न पर्ने हुन्छ ।

यसबीच भोलीबाट २६ मार्च विचमा वैंकहरूको अनलाई सर्भिस चालु रहने छ सवै सबै एटिएम मेसिनहरु खुल्ला रहनेछन ।

अरब टाईम्सका अनुसार भने प्राईभेट सेक्टरलाई पनि सो अवधीमा सार्वजनिक विदा भनेर उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...