Thursday 19th March 2026

मिर्गौला दाता समीक्षा डिस्चार्ज-सर्जनले सहमति दिए प्रधानमन्‍त्री बालुवाटार फर्किने


काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डिस्चार्ज भएकी हुन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डिस्चार्ज आजै हुनेछ।‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस्चार्ज दिएका छौँ’, डा. खड्गाले भने, ‘सर्जनले रिपोर्ट हेरेर स्वीकृति दिएमा प्रधानमन्त्रीको समेत आजै डिस्चार्ज हुन सक्छ ।’

फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो।

ओलीको मिर्गौला प्रत्यारोपण र शल्यक्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल १६ चिकित्सक सहभागी थिए। डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रधानमन्त्रीको शल्यक्रियामा भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो ।

प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् दिव्या सिह शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न थिए।

एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न थियो ।त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...