हरि कृष्ण न्यौपाने (कुवेत)-नेपालमा समानताको नारा सहित थालिएको लामो जनयुद्धमा १७ हजार नेपाली जनताहरुले ज्यान गुमाए भने अझै हजारौ घाईते तथा अंगभंग र केही बेपत्ता छन।कम्युनिस्ट शासनमा समानताका लागि वर्ग संघर्षको नारा बाँडेर जनतालाई पनि सर्ब सुबिधा सम्पन्न बनाउने अभियानमा लागेको तत्कालिन माओवादी-एमाले एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो। दुई तिहाई जनमतका साथ सत्तामा रहेको नेकपाका एक अध्यक्ष तथा पूर्ब माओवादी सुप्रिम कमान्डर कमरेड प्रचन्ड माथी आज पुन: एक यूबाले जुत्ता प्रहार गरेका छन।
काठमाण्डाैंमा आयोजित एक कार्यक्रममा सम्बोधन गरेर स्टेजमा फर्किने क्रममा जुम्ला सिंजाका रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन। यस अघि बिस २०६९ मा पनि पुर्व कार्यकर्ता पदम कुँवरले एक कार्यक्रममा प्रचण्डलाई झापट हानेका थिए। हुनत कुनै पनि नेपाली नागरिकलाई झापड वा जुत्ता प्रहार गर्नु भौतिक आक्रमण हो, यसलाई नेपालको संबिधानले कसुरदार ठान्दछ र निज आक्रमणकारी दोषी ठहरिन्छ । त्यसमाथी झन देशको प्रधानमन्त्री भैसकेका तथा सत्तासिन पार्टीका अध्यक्ष जस्तो उच्च पदमा रहेका शिर्ष नेता माथी सार्बजनिक स्थलमा आक्रमण गर्नु राम्रो होइन तर पनि दोश्रो पटक यसरी जनताले आक्रमण गरे पछि कमरेड प्रचण्ड तथा नेतृत्व पंक्तिले यसबारे गम्भीर समिक्षा गर्नु जरुरी छ। किन आफ्नै देशका नागरिकसँग आफू असुरक्षित छु? आफैले पनि समिक्षा गर्न जरूरी छ।
कमरेड, हुन त म कुनै कम्युनिस्ट, काँग्रेस, राजावादी वा अन्यवादीको कार्यकर्ता होइन र हुने पनि छैन। म फगत एक नेपाली हुँ र खाडीको देश कुवेतमा पसिना संग पैसा साटदै छु। खासमा म र म जस्ता लाखौ खाडीका डोरीलाउरेको लागि देशको बिकास भए हुने, अबको नेताले राम्रो देश बनाउन्, हामीले स्वदेशमै केही गर्न सकौ, हामीले जस्तै हाम्रा सन्ततिले खाडीको तापले पिरोलिन नपरोस भन्ने हो। बास्तवमै भन्ने हो भने, लामो वर्ग संघर्षको यूद्द पछि सामानताको नाराका साथ सत्तामा पुगेर पनि तपाईं लगायत अन्य केही नेताहरुको दैनिकी र जिवनशैलीमा आएको आकाश जमिनको फरकले जतालाई बितृष्णा पैदा भएको छ। एक राजा फालेर अनेक राजा भएको भान हुने तपाईंहरुको बिलासी जीवनशैली, गाउँको घर देखि काठामाण्डाैं वा अन्य शहरका आलिसान महलसम्म अनि चप्पल पडकाउने देखि राज सबारी जस्तो गाउँ-शहर नै बिदा दिदै अनि सर्बसाधारणको यात्रालाई समेत बाधा पुर्याएर गरिने सडक यात्रा देखि हेलिकप्टर चार्टर गरेर गरिने महँगा यात्राहरुले सबै जनभाबना समेटन सकेन कि? त्यति मात्र होइन सिँह दरबारको अधिकार गाउँ-गाउँ पुर्याउने बहानामा भएका करमा अत्यधिक वृद्धि तथा साना देखि ठुला सम्मका कनेक्टिङ घुस र भ्रष्टाचारले जनता आजित छन। अझ बालुवाटारको ललिता निवास देखि यति होल्डिङ सम्म अनि लाउडा देखि वाईडबडी सम्मका केश अनि निबर्तमान संचार मन्त्री सम्मका काण्डै काण्डले जनता साच्चै वाक्क भैसकेका छन।
कमरेड, साच्चै नै तापाईले जनयुद्धका समयमा सहयोद्दाहरु र गाउँका सोझा साझा जनतालाई देखाएको सपना भुल्नु भएको छैन होला। १७ हजार जनताको रगतले सिंचित तपाइको त्यो बेलाको जनयुद्ध र त्यसको उपलब्धी अनि अहिले सम्मको प्रगतिलाई तपाईं लगायत उच्च नेतृत्वले सोच्ने बेला आएको छ।त्यसैले ढिलाई नगरी समिक्षा गर्नुहोस ।
कमरेड,आज तपाईं माथी जुत्ता प्रहार गर्ने उनकै भनाइमा विभिन्न समाचारमा आए अनुसार सहिद पुत्र रतन तिरुवा मात्र होइन अझै धेरै सहिद, घाइते तथा बेपत्ता परिवारहरु अनि अयोग्य लडाकुको बिल्ला भिरेर खाडीमा पसिना बगाउँदै गरेका पूर्ब माओवादी लडाकुहरु तत्कालिन जनयुद्ध देखि अहिलेको दुई तिहाई सरकार सम्मको यात्रालाई निहाली रहेका छन र भनी रहेका छन कमरेड हाम्रो जनयुद्धका सपना कहिले पूरा होलान? समानताका साथ समृद्ध नेपालको निर्माण पछि हामी सबै नेपाली खुसिहुने दिन कहिले आउला ??