Thursday 25th December 2025

दिल्ली झडपमा मर्नेको संख्या १८ पुग्यो


नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ। नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो।

मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।

यसैगरी झडपमा १५० भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान पनि त्यस क्षेत्रमा तनाव कायमै रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...