Wednesday 12th November 2025

इजिफ्टका पुर्वराष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन


तितोपाटी – इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षको उमेरमा मंगलबार उनको कायरोमा निधन भएको हो । सन १९८१ देखि २०११ सम्म ३० वर्ष राष्ट्रपति तथा सेना प्रमुख भएर इजिफ्टमा साशन गरेका मुबारक मुबारक चार पटकसम्म सन् १९८८, १९९३, १९९९ र २००५ मा लगातार बहुमतले राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

मंगलबार इजिप्टको सरकारी समाचार एजेन्सीले उनको गला सैनिक अस्पतालमा निधन भएको पुष्टि गरेको छ ।

लामो समयदेखि बिरामी रहेका मुबारकको जनवरीको अन्तिम साता शल्यक्रिया गरिएको थियो । शनिबार स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको मुबारकका छोरा आलाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...