Saturday 21st March 2026

कोरोनासँग सर्तक बनौ, उद्धारको आशै त्यागौ


तोयानाथ उपेक्षित – कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ जहाँ मर्ने र संक्रमित हुनेको संख्या बढदो छ ।

दक्षिण कोरिया नेपाली श्रमिकहरुको राम्रो कमाई हुने श्रम गन्तव्य मध्येको एउटा देश हो । ४० हजारको संख्यामा त्यहाँ नेपालीहरु रहेका छन भनिन्छ । कोरियामा कोरोनाको संक्रमण ह्वात्तै बढन थालेपछि त्यहाँ काम गर्ने नेपालीहरुमा त्रास फैलिएको छ, कतिपय ठाउँमा नेपालीहरु लक डाउनमा परेका छन । यस्तो अवस्थामा उनीहरु अतालिनु र चीनमा जस्तै हामीलाई पनि उद्धार गरियोस भनेर सरकार गुहार्नु स्वभाविक हो तर यो सम्भव देखिन्दैन । कोरियामा रहेका नेपालीहरुलाई उद्धार गर्न सरकारको क्षमता पनि पुग्दैन । नेपाल ल्याएर मात्र हुने भए कुरा बेग्लै हुनेथियो । क्वारेन्टाईनको व्यवस्था गर्नु र आवश्यक स्वास्थ्य निगरानी र अन्य सुविधा दिनु सम्भव देखिंदै । यसर्थ जो विश्वको जुन ठाउँमा रहेका छौ हामीले त्यहाँका नागरिकले जस्तै सुरक्षा रणनिती अवलम्बन गर्नुको विकल्प छैन । मरे त्यही मर्ने बाँचे बाँचियो । एउटा पक्का कुरा के हो भने कोरानाले मर्नेको लाश पनि त्यस देशमा लान सकिने अवस्था हुदैन । यो कस्तो विचित्रको र डरलाग्दो छ यहि बाट अनुमान गरौ । चीनमा जलाईएका लासहरुको धुवाले आकाशमा सल्फरिक एसिडको बादल र बर्षा भयो भन्ने सम्मका कुरा छन ।

चीनलाई ईपीसेन्टर बनाएर फैलिएको कोरोनाबाट मर्नेको संख्या हाल सम्म लगभग २५ सय नागिसकेको छ । चिन बाहिर पनि यसले मर्नेको संख्या बढन थालेको छ । कोरिया पछि ईरानमा यसको संत्रास फैलिएको छ । ईटली युरोपमा सवै भन्दा कोरोना प्रकोप भएको देश भएको छ । कोरोनालाई रोक्न हाल सम्म कुनै औषधी नबनिसकेको हुनाले पनि यो भाईरस भयावह शक्तिमान देखिन्छ तर कोरोनाले भेटे जति सवै मर्दछन भन्ने होईन । यद्यपी अस्पतालमा उपचारमा खटिएका डाक्टरहरु र नर्स समेतलाई बचाउन नसकिएको देख्दा यस्तो लाग्छ कि मर्ने वा बाँच्ने भन्ने कुरा भगवान भरोसा जस्तै छ ।

खाडी राष्ट्रमा अहिले सम्म दुवईमा कोरोनाका केशहरु भेटिएका छन । कतार, कुवेत, बहराईनमा यो समस्या अहिले सम्म आईपरेको छैन । जहाँ कोरोनाको प्रकोप शुरु भयो त्यहाँ कुवेतले आउने जाने माथि उच्च निगरानी बढाउदै आएको छ । ईरानमा रहेका आफ्ना नागरिकलाई चेक जाँच गरेर मात्र ओर्सान थालेको छ भने हंगकंग, ईरान, चीन, कोरियामा हवाई सम्पर्क विच्देछ गरिसकेको छ ।

चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका सीमित संख्याका नेपालीहरुलाई उद्धार गर्न सरकारलाई परेको सकस सवैलाई थाहा छ । त्यसमाथि पनि ल्याउन हुदैन वा यहाँ राख्न हुदैन भन्ने नारा जुलुस सवैले देखेकै हो यस्तो अवस्था देश भित्र छ अर्कातिर देश बाहिर लाखौको संख्यामा नेपालीहरु छन । अव क्रमसः कोरोनाको असरले सवैतिर गाँज्दै लगेको छ । कहाँका नेपालीलाई सरकारले ओसारेर सकोस । यो सम्भव छैन । कोरोनाको रोगी फेला परे त्यसको उपचार नेपालमा झनै संभव छैन । यदि यो हाम्रो जस्तो गरिब देशका शहर वा गाउँमा फैलियो भने मुलुकभर हाहाकार र खैलाबैला मचिने छ । सवैलाई त्रसित बनाएको कोरोनाबाट मुक्ति दिलाउने प्रयास गर्न कोही नेपाल आउनेवाला पनि हुदैन । यसर्थ अव कोरोनासँग सवैले एक्लाएक्लै लड्ने नै हो । त्यो भनेको यसबाट बच्न सकिने उपायहरुको अवलम्बन गर्नु हो ।

त्यसो त वायो हाजार्डको रुपमा चिनीने कोरोना, सार्स, प्लेग, ईबोला, हेपोटाईटिस, जस्ता रोगहरुबाट जोगिन पनि निक्कै ठुलो र सुझबुझबाट मात्र सम्भव छ । हावाबाट सर्ने भएकाले शहर लक डाउँन गरे पनि हावा बन्द गर्न कसैले सक्ने कुरा हुदैन । अव कोरोनाको औषधी पत्ता नलागे सम्म के हुने हो मानवको अस्तित्व यसै भन्न सकिन्न । कोरोनाले अहिले एक लाखको हाराहारीमा संक्रमण गरिसकेको अवस्था छ । विश्वको एउटा कुनावाट अर्का कुना सम्म मानिसहरुले एकै दिनमा यात्रा गर्न सक्ने प्रविधी छ । यसर्थ यसको प्रसारण पनि उही द्रुत गतिमा हुदै जानु स्वभाविक हो । अहिले सम्मको आकडा हेर्ने हो भने दुई दर्जनको नजिक चीन बाहिर मृत्यु हुनेको संख्या छ । दुई जना ईरानमा मर्दा खाडी राष्ट्रभरी हंगामा मच्चिएको छ ।

कोरोनाले विश्व नै लक डाउन हुने हो की भन्ने चिन्ता बढाएको छ । चीनका राष्ट्रपतिले त त्यहाँको कम्युनिष्ट सत्ता स्थापना भए पछि चीनलाई आईलागेको सवै भन्दा ठुलो विपत्ति भनिसकेका छन । विश्व उदियमान अर्थतन्त्र बकेको चीन अहिले साना साना मुलुक वा व्याक्तिको सहयोगको याचना गर्ने अवस्थामा पुगेको छ भने नेपालमा कोरोना भित्रिए के अवस्था होला? आफै अनुमान गरौ ।

कोरोना चमेराबाट सालकमा र त्यसको मासु खाए पछि मानिसमा सरेको पछिल्लो अध्यायन छ तर बैज्ञानिकहरु यसै हो भन्ने निष्कर्षमा पुग्न सकेका छैनन । केही मानिसहरु कोरोनालाई जैवीक हतियारका लागि विकास गरेका किटाणु हो पनि भन्दछन । यो काम चीनले नै गर्यो भन्नेमा भारतजस्ता चीन विरोधी राष्ट्रतिरका मिडियामा खुव प्रचार हुने गरेको छ भने अमेरिका विरोधीहरुले ईजरायल र अमेरिकाले चीनमा छाडेको हो पनि भन्ने गरेका छन । कोरोनालाई विश्व राजनितीमा घुसाएर जसले जे उद्देश्य प्राप्तीको लागि प्रचार गरे पनि यो यति हल्का टिप्पणी गरेर मजा लिने विषय होईन ।

कसै कसैले यो पनि भन्ने गरेका छन यस्ता व्याक्टेरिया उत्पादन गर्नु कम्युटरको नयाँ वेब डिजायन गर्नु वा कुनै नयाँ कुराको अविस्कार गर्नु सँग पनि तुलना गर्ने गर्दछन । उनीहरु भन्छन कस्तो रोग उत्पादन गर्ने र त्यसको असर बढेपछि के औषधी बजारमा ल्याउने भन्ने योजना मुताविक नै कोरोनाको जन्म भएको हो जसबाट केही महिनामा नै औषधी बेचेर अरबौको व्यापार गर्ने योजना अनुसार मानव निर्मित कृतिम समस्या हो भन्नेहरुको पनि कमि छैन । खैर जे होस अहिले सम्म यसको श्रोत र निदान पत्ता नलागेको हुनाले हल्लाका पछि लाग्ने भन्दा कसरी बच्न सकिन्छ भनेर उपाय खोज्नु बुद्धिमानी हुन्छ । सवै सर्तक बनौ, सरकारले उद्धार गर्ला भनेर आशा नगरौ यो सहज कुरा छैन ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...