Saturday 14th February 2026

मुत्ला कन्सट्रक्सनमा ज्यान गुमाउनेप्रति कुवेतका अमीरद्धारा शोक व्यक्त 


तोयानाथ उपेक्षित – कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ ।

मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा घर भएका एक बहादुर गाहा मगर, सिरहका गंगा चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका थिए तर सोही घटनामा थप दुई नेपाली को पनि मृत्यु भएको भनिए पनि ती को थिए भन्ने खुल्न सकेको छैन । यति भयावह घट्नामा ६ जना नेपाली मध्ये दुईको नाम ठेगाना थाहा पाउन मात्र पनि ४ दिन कुर्न पर्दा धेरैलाई पिडा चिन्ता भईरहेको छ । यो सुचना सम्बन्धित कम्पनी वा कुवेत सरकारको सम्बन्धित निकायसँग नहुने भन्ने हुदैन । विदाको दिन सुचना दिन नमिल्ने भन्ने पनि नहोला । सवैको व्यग्र चासो समयमा सम्बोधन होस भन्नेमा चिन्ता व्याप्त छ ।

नेपाली राजदुतावास ले आज र भोली सार्वजनिक विदा भएको कारण आईतवार मात्र जानकारी पाउने बताएको छ । सोही घटनामा घाईते धमेन्द्र कुमार शाहा र मनोरथ मण्डल उपचारार्थ अस्पतालमा छन ।

फ्रेव्रवरी १२ का दिन मुतला कन्ट्रक्सन हाउजिंग प्रोजेक्टको खाडलमा दायाँबायाको डिस्को र बालुवा खस्दा उनीहरु पुरिएका थिए । कुवेत सरकारको उद्धार टोली ले तुरुन्त काम थाले पनि ती ६ जना नेपाली बच्न सकेनन । घट्नापछि कुवेत सरकारले गंभिर चासो लिएर घटनाको तुरुन्त जाँच गर्न कमिटी नै बनाएको छ । मिनिस्टर अफ हाउजिंग डाक्टर राना अल फारेस ले जाँच आयोगको आदेश दिएका हुन । सुरक्षा बन्दोबस्तीमा रहेको कमजोरी के हो उक्त समितीले जाँच गर्ने छ ।

यसै बिच कुवेतका अमिर शेख सवा अल अहमद अल जावेर अल सवाह ले बुधवार देशको उत्तरमा एक आवासिय परियोजनामा ज्यान गुमाउने परिवारका नाममा समवेदना पठाउँनु भएको छ । उहाँले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी लाई सम्बोधन गर्दै मृतकहरु प्रति शोक व्यक्त गर्नु भएको छ भने यसरी नै घाईतेको शिघ्र स्वास्थ लाभको कामना कामना गरेको कुरा उल्लेख छ ।

यसै बीच उक्त कम्पनीमा काम गर्ने नेपालीहरुले काम छाडेर धर्ना दिएको समाचार तथा भिडियो फुटेजहरु सार्वजनिक भएका छन । उनीहरुले मृतकको उचित क्षतिपुर्तिको माग गर्दै आफूहरुलाई फिर्ता जान पाउनु पर्ने माग गरेका छन ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...