जयनारायण माझि थारु – सरकारले वर्ग संघर्षको मुद्दालाई पहिलो प्राथमिकता दिनु पर्दछ । ताकी कहिले पनि वर्ग संघर्षको मुद्दालाई छोड्नु हुँदैन । नेपालको सरकार अब को संग गर्ने वर्ग संघर्ष ? वर्ग संघर्ष नगर्ने सरकार कसरी जनताको अभिमतको कदर गर्छ ? हाम्रो देशलाई सबैभन्दा बढि चाहि दलाल पूंजीवादले च्यापेको छ । त्यहि दलाल पूंजीवाद संग लड्दै नलड्ने अनि कसरि हुन सक्छ जनताको सरकार ? सरकारमा गएर जनताका वैरी (दुश्मन) वर्ग संग सरकारी संमयन्त्र प्रयोग गरेर लड्छौ भन्नु र गर्नु पर्ने हुन्छ । तर वर्तमान शासनसत्ता ठिक बिपरित धुर्वमा उभिएको आभास भइरहेको छ ।
नेपालको संविधान प्रस्तावनामा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख शासन पद्धति व्यवस्थाबाट संचालित शासन व्यवस्था हुनेछ । तर यहाँ त संघीयता र समाजवादको `स´ समेत लागु नभएको भान जनतामा भएको छ । चाहे प्रदेशको नाकरणमा होस वा देशको निति, नियम, कानुन वा विधेयक बनाउने नाममा होस, या त वर्तमानमा सभामुख चयन प्रकृयामा होस । हरेक दृष्टिकोणमा जनतामा अधिनायकवाद लाद्ने कोशिस भैइ रहेको छ । चारै तिर बाट जनताले चाहेको अपेक्षालाई लत्याउदै शासकहरु आफु अनुकुल हुन निति नियम बनाउदै छ । देशमा नितिगत भ्रष्टाचार गर्न तल्लिन हुने योजनाहरु एक पछि अर्को पास गरिदैछ ।
समाजवाद शब्द चाहिँ संसारमा सबै भन्दा बढी भ्रमपूर्ण, सबै भन्दा बढी रुचाइएको र सबै भन्दा बढी दुरुपयोग भएको शब्द हो । तर नेपालको वर्तमान अवस्थामा सबै भन्दा बढि दुरुपयोग भएको छ । समाजवादमा देश भित्रका सम्पूर्ण समुदाय सबै भन्दा बढि शक्तीशाली हुन्छन र हुनु पर्दछ । तर यहाँ त शासनसत्तामा बसेका नेताको निजि अस्पताल, निजि कलेज, निजि स्कुल , निजि लगानिमा चलाउछन र उहि आएर मन्त्री परिषद र पार्टीको बैठकमा समाजवाद ल्याउने कुरा गर्दछन । अनि कसरी जनताले समाजवाद राज्य व्यवस्थाको प्रत्याभूत गर्न पाउने हो ?
समाजवाद एउटा यस्तो आर्थिक शासन ब्यवस्था हो । जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया जनताद्वारा शासित सरकारमा निहित हुन्छ । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि भित्र पर्छन् । सामाजिक स्वामित्वका पनि बिभिन्न प्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ । तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ ।
वर्तमान राजनितिकले जनतालाई सताउने काम मात्र गरिरहेको छ । समुदाय र जनातको प्रयोग गरेर आफुहरु मात्र अगाडि बढ्ने र आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छन । साच्चिकै भन्ने हो भने, जनताले वर्तमान शासनसत्ताबाट न्याय पाएका छैन । किन कि हरेक राज्यको निकायमा जालझेल गर्ने र राजनीतिकर्मीको आसेपासे मात्र छन । जनताले जनताद्वारा चलाईएको शासनसत्ताबाट ठगिनु (धोका) खानु सबै भन्दा ठुलो दुर्भाग्य हो । आखिर कहिले सम्म मातृ बासस्थानको मोह छोडेर बिदेशी भुमिमा हिड्नु पर्ने ? राजनीतिक व्यवस्था परिवर्तनको बेला जनतालाई बढी भन्दा बढी आशा थियो । तर नेतृत्व पंक्ति यसरी स्खलित भयो, कि जनताको आशाका बिउहरु त्यहि स्खलितमा अन्त्य भएको छ । सत्ताको होडबाजीले सम्पूर्ण जनताको मुद्धाहरु ओझेलमा परेका छन ।
वर्तमान राज्यसत्ता राज्यका सम्पूर्ण समयन्त्र आफ्नो कब्जामा पार्न अधिनायकवाद हुँदै फाँसिवाद तिर जादा भोलि जनताको मौलिक हक नै धरापमा पर्ने छन ।भारत र चीन मिलेर संयुक्त व्यापार केन्द्र बनाएको दार्चुलाका सिमानाहरु मिचिदै गर्दा, तिनै देशका महामहिमहरु नेपालमा आउदा दर्शनभेट गर्न स्वर्गबाट ईन्द्र आए जस्तै सफल सोच्ने सरकार छन । नेताहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानीमा देवताको कैलाशवास जस्तै भुमि पवित्र भयो सोच्ने होलान् । भारतको विस्तारवादले सिमा मिचिदै छ । चीनले व्यापार बढाउने नाममा नेपाल चीन विरुद्द प्रयोग हुन नदिने रणनीति बनाउदैछ । भने ईन्डो प्यासिफिक अमेरिकन रणनीतिले चीन र भारतलाई साक्षी राखेर नेपालको काधमा चढेर चीन विरुद्द लम्बे अभियानमा छ । हाम्रो रणनीति सवैको सिकार भएर नास हुने देखिन्छ । सरकारले यस बारे आखा खोल्नु पर्छ कि पर्दैन ?देशको सार्वभौम, राष्ट्रियतालाई जोगाउन पर्छ कि पर्दैन ?
शासनसत्तामा राज्य दोहनरुपी राक्षसहरुको जन्म भएको छ । दलालहरु सत्ताका मालिक भए , नेपाल आमाका छोराछोरि जनयुद्धमा १७ हजार जनताको बलिदानिले आफुहरु स्वार्थनिहित, राष्ट्रको सम्पत्ति आफ्नो कब्जामा पारेर, देशको सम्पत्ति बेचेर बिदेशमा थुपार्दै छन । अहिले अझ देश र जनताका बिरुद्धमा अमेरिकी सम्राज्यवाद र भारतीय बिसतारबादका खलनायकहरु अन्तिम सस्त्र MCC पास गराएर आफ्नो राक्षसी र दानबी ब्याहोरा देखाउदै फेरि नेपाली जनतामाथि युद्ध लाद्न खोज्दै छन ।
हाम्रो देशको सन्दर्भमा हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिम र सुदुर पचिश्म नेपाली समाजका सन्दर्भमा समाजवाद भनेको के हो ? र त्यसले कसरी अनेक खालको विभेद, बहिस्करण, भेदभाव, जातभात, छुवाछुत, दमन, उत्पीडन, शोषणमा परेका समुदाय र वर्गलाई सम्वोधन गर्छ, भनेर राज्यसत्ताले बिचार र विमर्शहरु चलाउन र बुद्धिलाई सचेततापूर्वक सक्रिय गराउन जरुरी देखिन्छ । समाजमा भेदभाव, बलत्कार, शोषण, अत्याचारको ग्राफ उकालो लागिरहेको छ । मधेसको मामिलामा, महिला, कथित दलितको मुसहर, चमार, डोम इत्यादिको मामिलामा समाजवाद के हो ? जुम्ला–हुम्लामा समाजवाद कसरी स्थापित हुने ? मनुवाद, कथित ब्राम्हणवाद र प्राचीन रुढीवादी रीतिरिवाजले ग्रस्त भएको समाजलाई कसरी सम्बोधन गर्छ समाजवादले ? सामन्ती संस्कृति, पुँजीवादी या साम्राज्यवादी संस्कृतिले जसरी संक्रमित गरेको छ । समाजलाई त्यस विषयमा कसरी हल खोज्छ समाजवादले ? खोलाको किनारमा जिन्दगी गुजारेका, मजदुरी, विदेश लागेका लगभग ६५ लाख श्रमिकहरुलाई समाजवादले कसरी छुन्छ ? विदेशिएका युवाहरुको श्रमशक्तिको कारण गाउँघर उजाड र बाँझो हुन थालेको छ । खलबलिएको सामाजिक सन्तुलन आजको परिवेशमा समाजवादी क्रान्तिका सारथीहरु को हुने हो ? या त्यो यात्राका हाम्रा यात्रीहरुको हुने हो ? श्रमको समेत विश्वव्यापीकरण भैरहेको अवस्थामा वर्ग संघर्षका शक्तिहरु अन्यत्र तितरवितर हुन पुगेको छ ।पुँजीवादलाई फालेर अघि बढ्ने सन्दर्भमा त्यो बेला कमरेडहरु सम्भावना, शक्ति, साधन र समस्याहरुबारे गराउनु भएको सचेततालाई अलिकति ध्यान दिनु उचित हुन्थ्यो ।
अबको बिकल्प नया – नया प्रविधिको बिकासको बिकास र बैज्ञानिक आविस्कार भैइरहेको बर्तमान युगमा राजनितिक दल या समाजिक साँस्कृतिक सस्थाहरुमा तुलनात्मक निति नियम र बिचारको बिकास हुन सकेन भने त्यसले समाज र राष्ट्रलाई अघि बढाउन र नेतृत्व दिन सक्दैन । पुराना सोचले नया प्रगतिशिल बिचारलाई दमन गरेर या सजाई दिएर कुनैपनि हालतमा आफ्नो अस्तित्व टिकाई राख्न सक्दैन । ति कुराहरु इतिहासको पानाहरुमा मात्र सिमित हुन पुग्दछ । तर्सथ नेपालका प्रगतिशील शक्तीहरुलाई समय मै बैज्ञानिक दृष्टिकोणका आधारमा समयानुकुल परिमार्जित र परिस्कृत गर्दै लैजानु आवश्यक छ ।अन्यथा देश समय र परिस्थिति सापेक्ष बैज्ञानिक बिचारधार बिधान र नियम बोकेको प्रगतिशिल शक्ती प्रादुर्भाव हुनेछ । त्यसैले नया पुस्तालाई नेतृत्व गर्दै र राष्ट्र, समाजलाई प्रगति पथको दिशामा अघि बढाउदै, अब देशमा बैकल्पिक यथार्थमा नै साम्यवादी आन्दोलन नया प्रकारको उठानु पर्दछ ।