Tuesday 17th February 2026

कुवेतको अस्पतालबाट उजेली भन्छिन-छिट्टै घर फर्काइदिनुस !


हरि कृष्ण न्यौपाने- कुवेतको फर्वानिया अस्पतालको फिमेल वार्डको २० नं कोठामा रहेकि लम्जुङ पुरानाकोट-७ कि उजेली तामाङ खुट्टा भच्चिएर त्यहा पुगेको दुई महिना भयो।उनी भन्छिन”दशा लागे पछि अनेक हुन्छ, हिड्दा-हिडदै लडेँ, अरुको सहयोगमा सडकबाटै उठाएर यहाँ ल्याई दिए।अब त बैशाकी टेकेरै घर जन सक्छु।मलाई जसरी पनि घर जानू छ मलाई सहयोग गर्नुस, छिट्टै घर फर्काइदिनुस।”

राहदानी नं-३२५७३१६ रहेकी ४५ बर्षिया उजेली कुवेतमा करिब ११ वर्ष देखि काम गर्थिन।घरेलु महिलाकामदारको रुपमा काम गर्दाको अबस्थामा साहुको हप्की-दप्की र विभिन्न यातना सहन नसके पछि बिगत पाँच बर्ष देखि उजेली अबैधानिक रुपमा भागेरै काम गर्थिन।उजेली थप्छिन”अबैधानिक भए पनि नराम्रो काममा लागिन।केही नयाँ कुवेतिहरुको घरहरुमा काम गरे अनि केही समय देखि कुवेतको स्कूलमा काम गर्ने गर्थे।२० नोभेम्बर,२०१९का दिन काम सकेर घर जाँदै थिएँ,बाटोमा लडेँ।मलाई विभिन्न देशका मान्छेहरुले सहयोग गरेछन।अनि भारतको दार्जिलिङको एक जना बहिनिले यो फर्वानिया अस्पतालमा पुर्याएकी रहिछन।उनिलाई म अझै पनि चिन्दिन।खुट्टामा स्टिलको रडनै राख्नु पर्ने गरि भाँचिएछ।अप्रेशन सफल भयो।अब अस्पतालले बैसाकिमै जान सके जा भनेको छ,त्यसैले घर पठाउने प्रकृयामा सहयोग गरिदिनु होला।”

आफुलाई कोहि नेपाली पनि भेटन वा सहयोगका लागि नआएको बताउने उजेलिलाई एनआरएनए एनसिसी कुवेतका यूबा संयोजक नबराज पराजुलीले पहिलो पटक भेटे पछि भने दुताबास सम्म उहाले खबर गर्नु भए पछि घर जान पाइन्छ कि भन्ने आशा पलाएको बताईन।उजेलिले भनिन”घरमा ठुला भईसकेको छोरा र छोरिले सधैं चिन्ता लिन्छन, यता मलाई सधैको चिन्ता, अब बैशाकिमै फर्किन पाए पनि नेपाल गएर बाँकी उपचार छोरा-छोरीको हेरविचारमा गर्ने थिएँ।”

उजेली तामाङको बारे जानकारी आए पछि उनलाई घर फर्काउने प्रक्रियामा लागेको बताउदै नेपाली राजदुताबास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले भने”उनको फिङरिङ पनि भैसकेको छ।यदि उनी जान सक्ने अबस्थामा छिन र डक्टरले पनि त्यही अनुसारको सिफारिस गरेमा हामी डिपोर्टेशन(देश निकाला)प्रकृया मार्फत उजेलिलाई छिट्टै पठाउने छौ।”


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...