Wednesday 5th November 2025

कुवेतको अस्पतालबाट उजेली भन्छिन-छिट्टै घर फर्काइदिनुस !


हरि कृष्ण न्यौपाने- कुवेतको फर्वानिया अस्पतालको फिमेल वार्डको २० नं कोठामा रहेकि लम्जुङ पुरानाकोट-७ कि उजेली तामाङ खुट्टा भच्चिएर त्यहा पुगेको दुई महिना भयो।उनी भन्छिन”दशा लागे पछि अनेक हुन्छ, हिड्दा-हिडदै लडेँ, अरुको सहयोगमा सडकबाटै उठाएर यहाँ ल्याई दिए।अब त बैशाकी टेकेरै घर जन सक्छु।मलाई जसरी पनि घर जानू छ मलाई सहयोग गर्नुस, छिट्टै घर फर्काइदिनुस।”

राहदानी नं-३२५७३१६ रहेकी ४५ बर्षिया उजेली कुवेतमा करिब ११ वर्ष देखि काम गर्थिन।घरेलु महिलाकामदारको रुपमा काम गर्दाको अबस्थामा साहुको हप्की-दप्की र विभिन्न यातना सहन नसके पछि बिगत पाँच बर्ष देखि उजेली अबैधानिक रुपमा भागेरै काम गर्थिन।उजेली थप्छिन”अबैधानिक भए पनि नराम्रो काममा लागिन।केही नयाँ कुवेतिहरुको घरहरुमा काम गरे अनि केही समय देखि कुवेतको स्कूलमा काम गर्ने गर्थे।२० नोभेम्बर,२०१९का दिन काम सकेर घर जाँदै थिएँ,बाटोमा लडेँ।मलाई विभिन्न देशका मान्छेहरुले सहयोग गरेछन।अनि भारतको दार्जिलिङको एक जना बहिनिले यो फर्वानिया अस्पतालमा पुर्याएकी रहिछन।उनिलाई म अझै पनि चिन्दिन।खुट्टामा स्टिलको रडनै राख्नु पर्ने गरि भाँचिएछ।अप्रेशन सफल भयो।अब अस्पतालले बैसाकिमै जान सके जा भनेको छ,त्यसैले घर पठाउने प्रकृयामा सहयोग गरिदिनु होला।”

आफुलाई कोहि नेपाली पनि भेटन वा सहयोगका लागि नआएको बताउने उजेलिलाई एनआरएनए एनसिसी कुवेतका यूबा संयोजक नबराज पराजुलीले पहिलो पटक भेटे पछि भने दुताबास सम्म उहाले खबर गर्नु भए पछि घर जान पाइन्छ कि भन्ने आशा पलाएको बताईन।उजेलिले भनिन”घरमा ठुला भईसकेको छोरा र छोरिले सधैं चिन्ता लिन्छन, यता मलाई सधैको चिन्ता, अब बैशाकिमै फर्किन पाए पनि नेपाल गएर बाँकी उपचार छोरा-छोरीको हेरविचारमा गर्ने थिएँ।”

उजेली तामाङको बारे जानकारी आए पछि उनलाई घर फर्काउने प्रक्रियामा लागेको बताउदै नेपाली राजदुताबास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले भने”उनको फिङरिङ पनि भैसकेको छ।यदि उनी जान सक्ने अबस्थामा छिन र डक्टरले पनि त्यही अनुसारको सिफारिस गरेमा हामी डिपोर्टेशन(देश निकाला)प्रकृया मार्फत उजेलिलाई छिट्टै पठाउने छौ।”


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

प्रतिकृयाहरू
...