Tuesday 7th April 2026

कियाचु कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने


किरात याक्थुङ चुम्लुङ कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने भएको छ। संस्थाको नवौं वार्षिक उत्सवको अबसर पारेर कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा उक्त चलचित्र प्रदर्शन गरेर किरात याक्थुङ चुम्लुङले नवाैं वार्षिक उत्सव मनाउन लागेको कुरा संस्थाका विशेष सल्लाहकार एवं एनअारएनए कुवेतका वरिष्ट उपाध्यक्ष समेत रहेका हरि लावतीले तितोपाटी डट कमलाइ जानकारी गराएका हुन्।

भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीबि लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ कुवेतले कुवेतमा रहेका अन्य कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै अाएक छ।

नवाैं वार्षिकोत्सव तथा चलचित्र प्रदर्शन कार्यक्रमलाइ हर्षोल्लास र भव्य रूपमा सम्पन्न गर्न कुवेतमा क्रियाशिल संघ संस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरु एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको शोभा बढाइदिनु हुन चुम्लुङकी अध्यक्ष देबि चेम्जोङले अनुरोध गरेकी छिन् ।

कार्यक्रमको विवरणः
मिति : २८ फेब्रुवरी २०२० शुक्रबार
समय : मध्यान्ह १२:०० बजेबाट
स्थान : युनिक अडोटरिम हल, फर्वानिया कुवेत ।

सम्पर्क नम्बरहरु –
देबि चेम्जोङ (अध्यक्ष) – ६६०१९२७५
अर्जुन थेगिम मुईहाङ (सचिव) – ९७४३८६६५ (WhatsApp)
हरि लावती (बिषेश सल्लाहकार) – ९७२७८३७९


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...