Saturday 21st March 2026

अष्ट्रेलियामा लागेको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो


तितोपाटी-अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ।डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन्। न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ। अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन्।

मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ। यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...