Tuesday 15th September 2026

प्रेमीको लिंग काटिदिने प्रेमिकाविरुद्ध ‘अंगभंग’ कसुर मुद्दा


तितोपाटी-प्रेमीको लिंग छेदनमा संलग्न एक प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ। सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेको हो। ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ।विदेशमा लिङ्गच्छेदनका घटना सुनिए पनि नेपालमा भने नौलो प्रकृतिको कसुर हो। लिच्छिविकालमा कन्याको मञ्जुरी बिना जबरजस्ती करणी गरेमा पुरुषको लिंगछेदन गरी मृत्युदण्ड दिने व्यवस्था रहेको प्राचिन इतिहासमा भेटिन्छ।गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमीकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिंग छेदन गरिदिएकी थिइन्। उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए।

परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीबाट छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिंग छेदन गरेकी थिइन्। अभियोगपत्रमा प्रेमिकाले कोठामा भेट्न डाकेर चक्कुले लिंग छेदन गरेको दाबी छ। घटनालगत्तै प्रहरीले आरोपित युवतीलाई पक्राउ गरेको थियो। युवाको लिंग छेदन गरेपछि तिनै प्रेमीकाले ओम अस्पतालमा लगेर उपचार गरेकी थिइन्।काठमाडौं जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा १९२ को अंगभंग गर्न नहुने कसुर अन्तर्गत अभियोग लगाइएको जानकारी दिए।

उक्त दफा अन्तर्गत महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा ‘अंगभंग’को कसुर मानिने व्यवस्था छ। सरकारी वकिलले दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना मागसहित मुद्दा चलाएको हो।संहिताको दफा १८३ मा कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न नहुने भनिएको छ। उक्त दफाले पनि यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने भन्छ। ‘अंगभंगमा अभियोग दाबी गर्न सकिने पर्याप्त प्रमाण छ। सोही अनुरुप मुद्दा फाइल भएको छ,’ जिल्ला न्यायाधिवक्ता खनालले भने।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...