Saturday 18th May 2024

सुन बहादुर तामाङलाइ पुनः अध्यक्ष बनाउँदै नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघको दोश्रो अधिवेशन सम्पन्न


तितोपाटी – नेपाली प्रवासी ट्याक्सी ब्यावसयी महासंघका संस्थापक अध्यक्ष सुन बहादुर तामाङलाइ सर्वसम्मत रूपमा पुनः अध्यक्ष निर्वाचित गर्दै संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। संघको गत शुक्रबार २७ डिसेम्बर २०१९ को दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यकालको लागि अध्यक्ष तामाङको नेतृत्वमा ४२ सदस्यीय कार्य समिति र १३ सदस्यीय संरक्षक तथा सल्लाहकार समिति चयन गरेको हो। कार्यक्रममा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघका महासचिव रेशम लामाको “ड्राइभर च्याङ्बा” बोलको गीत समेत विमोचन भएको थियो।

संस्थाका अध्यक्ष सुनबहादुर तामाङको सभाध्यक्षता तथा नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवं एनआरएनए कुवेतका अध्यक्ष सुजन के.सी., पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, अल ताल्या ट्याक्सीका चेयरम्यानको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

अधिवेशन कार्यक्रममा शुभकामना मन्तब्य दिंदै प्रमुख अतिथि भण्डारीले संघले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै यातायात क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत लगानी गरि आफैं मालिक बन्न सबै नेपालीालइ सुझाएका थिए भने उक्त अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रममा नेपाल भ्रमण वर्ष-२०२० को लागि नेपाली राजदूतावासले तयार गरेको प्रचार सामाग्री पनि वितरण गरिएको थियो । अल ताल्या ट्याक्सिको तर्फबाट मोबाइल र आयोजक संस्थाबाट विभिन्न ५ इलेक्ट्रोनिक आकर्षक उपहारहरु राखेर लक्की ड्र समेत गरेका थिए। अल ताल्या ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत लक्की ड्रमा सामेल हुन सक्ने प्रावधान रहेको ड्रमा सुजन लिम्बुले टेलिभिजन, सुजन घिसिङले माइक्रो ओभन, रेशम लामाले मिक्सर र पुष्कर धामीलाइ आइरन परेको थियो।

कुवेतमा २०१६ मा “नेपालीहरूको सेवामा समर्पित” भन्ने मूल नाराका साथ नेपालको विभिन्न ठाउँबाट कुवेतमा आई ट्याक्सी चालक बनेर बसेका नेपालीहरुलाई एकिकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ नेपाली प्रवासी ट्याक्सी व्यवसायी सङ्घ कुवेत गठन भएको हो भने संस्थाले व्यावसायको अलावा कुवेतमा विभिन्न किसिमले प्रताडित हुँदै अाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उद्दार गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै अाएको छ भने संघको अग्रसरतामा नेपालमा विभिन्न किसिमले अप्ठेरोमा परेका र न्यून आर्थिक अबस्थाको कारण उपचार गर्न असमर्थ रहेका विभिन्न विरामीहरूलाइ समेत सहयोग गरिसकेको छ।

अधिवाेशनबाट निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः

संरक्षक तथा सल्लाहकार समिति
संरक्षक – राजकुमार श्रेष्ठ, संरक्षक – डम्मर बहादुर घिसिङ
प्रमुख सल्लाहकार -काेशराज राई
सल्लाहकारहरू -तील बहादुर खाजुम, रमेस लिम्बु, दुर्गा बुढामगर, भरत थापामगर, भुमिराज राई, जगत तामाङ, बिजय चौधरी, चन्द्र पाख्रिन, योगेन्द्र बहादुर राना मगर, रेसम लामा

कार्य समिति
अध्यक्ष- सुनबहादुर तामाङ
प्रथमउपाध्यक्ष -मनिस केसी
द्वितीय उपाध्यक्ष- युवराज गुरुङ
महासचिव -सुजन घिसिङ
सचिव – विनय तामा
सहसचिव- भुपाल गुरुङ
कोषाध्यक्ष -जुजुकाजी महर्जन
सहकोषाध्यक्ष- मीनबहादुर खत्री
प्रवक्ता- महेन्द्रकुमार चाम्लिङ

सदस्यहरु – फरेन्द्र थारु, तीर्थ थापा, राजन मोक्तान, टेक बहादुर आलेमगर, केशर सिंह लामा, हरि थापा, सुजन कुमार ठकुरी, सुजन लिम्बु, कुमार घर्ती, डाेल सिह थापा, जितेन लिम्बु, दिपक लामा, बिजय लिम्बु, निरज पुन मगर, शेर बहादुर मगर, महेन्द्र थापा, कृष्ण कुमार पुरी, प्रकाश लामा, सुवास धिमाल, कृष्ण लामा थिङ, ताेण कार्की, इन्द्र बहादुर थापा, सुनिल न्यौपाने, ईन्द्र कुमार राई, युवराज श्रेष्ठ, कुमार गुरुङ, बाल किसन राना, बिनाेद सुनार, दोर्जी लामा, देडमान लामा, सानुभाई तामाङ, टेक बहादुर नेपाली, रबिन्द्र राई,


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...