Thursday 25th December 2025

प्रचण्ड भन्छन-मिडिया बुर्जुवाको हातमा छ, सचेत रहौं


तितोपाटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका मिडिया बुजुर्वाको हातमा रहेको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘मिडिया बुर्जुवाको हातमा छ, यसप्रति सजग रहौं।’अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरे।‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ। नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन्,’उनले भने।परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए।

‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ। त्यसमा पनि इन्टरनेट र डिजिटलाइजेशन मुख्यरूपमा काम गरेको छ। त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने।उनले सरकारले इमान्दारीका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गरे।‘पाँच वर्षका लागि सरकार दिन्छौं भनेका थियौं त्यो हामीले दिएका छौं पूर्ण अवधिका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ, कुनै आशंका नपालौं, नराखौं’, उनले भने।

यसका साथै अध्यक्ष दाहालले संविधान गतिशील दस्तावेज भएकाले जनता र राष्ट्रको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पारे।देशको राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेकका राजनीतिक विषय परिवर्तनशील रहेको संविधानले नै स्पष्ट पारेकाले समय क्रममा संशोधन गरिने उनले बताए।

रासस


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...