Friday 23rd October 2026

कुवेतमा तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा


तितोपाटी – तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ।

नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो ३० डिसेम्बर साँझ ८ बजे जजिरा एयरवेजबाट कुवेतको एअरपोर्टमा अवतरण हुनेछिन। जनवरी ३ तारिक शुक्रबारको दिन अतिथी कलाकारको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । बहराइन एक्सचेञ्ज कम्पनी (BEC) कुवेत यस कार्यक्रमको मुख्य प्रायोजक रहेको छ।

“प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।” त्यसैले हाम्रो भाषा संस्कार संस्कृती हाम्रो अस्तित्व हो। यसलाई बचाउनु हामी सबैको कर्तव्य हो, भन्ने उदेश्यका साथ २०१२ मा कुवेतको नेपाली समाजमा तमु प्ये ल्हु संघको स्थपना भएको थियो। यस संघले कुवेतको नेपाली समाजमा हरेक बर्ष ल्होसार मनाउँदै आइरहेको छ।

कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडीहरुलाई निमन्त्रणा पठाइसकेको छ। यदि कुनै कारण बस निमन्त्रणा पत्र छुट्न गएको खण्डमा यसै समाचारलाई निमन्त्रणा मानी उक्त दिनको कार्यक्रममा उपस्थित भइ शोभा बढाई दिनुहुन कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई संघकी अध्यक्ष उमा गुरुङले अनुरोध गरेकी छिन।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...