Thursday 10th September 2026

कुवेतमा तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा


तितोपाटी – तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ।

नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो ३० डिसेम्बर साँझ ८ बजे जजिरा एयरवेजबाट कुवेतको एअरपोर्टमा अवतरण हुनेछिन। जनवरी ३ तारिक शुक्रबारको दिन अतिथी कलाकारको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । बहराइन एक्सचेञ्ज कम्पनी (BEC) कुवेत यस कार्यक्रमको मुख्य प्रायोजक रहेको छ।

“प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।” त्यसैले हाम्रो भाषा संस्कार संस्कृती हाम्रो अस्तित्व हो। यसलाई बचाउनु हामी सबैको कर्तव्य हो, भन्ने उदेश्यका साथ २०१२ मा कुवेतको नेपाली समाजमा तमु प्ये ल्हु संघको स्थपना भएको थियो। यस संघले कुवेतको नेपाली समाजमा हरेक बर्ष ल्होसार मनाउँदै आइरहेको छ।

कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडीहरुलाई निमन्त्रणा पठाइसकेको छ। यदि कुनै कारण बस निमन्त्रणा पत्र छुट्न गएको खण्डमा यसै समाचारलाई निमन्त्रणा मानी उक्त दिनको कार्यक्रममा उपस्थित भइ शोभा बढाई दिनुहुन कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई संघकी अध्यक्ष उमा गुरुङले अनुरोध गरेकी छिन।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...