Friday 12th December 2025

फिल्म ‘आमा’को ट्रेलर युटुब ट्रेन्डिङको पहिलो नम्बरमा


काठमाडौ-फिल्मको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सजिलो छैन। गीत संगीत झै फिल्मको ट्रेलर धेरै पटक हेर्न मानिस कमै भेटिन्छ । त्यसमा पनि पछिल्लो समय युट्युवमा साउथ फिल्म हेर्न जमात दिन प्रतिदिन बढ्दो छ तर बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ। दीपेन्द्र के खनालको निर्देशन तथा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरले शनिबार साँझबाट युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको हो।
सार्वजनिक भएको ट्रेलर धेरैले राम्रो भनेका छन्। कतिपयले त ट्रेलरले रुहाएको प्रतिक्रिया समेत दिएका छन्। लेखक समेत रहेका निर्देशक दीपेन्द्रले दर्शकबाट पाएको प्रतिक्रियाले आफु उत्साहित बनाएको बताए। ‘ट्रेलरबाट दर्शकले फिल्मप्रति जे अपेक्षा गर्नु भएको छ त्यो पुरा गर्छ होला’ खनालले थपे। शर्मिला पाण्डेको निर्माण रहेको फिल्म फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । एउटा घरमा आमाको संघर्ष, समस्या र भूमिकाको विषय फिल्मले कथा बनाएको छ। फिल्म ‘आमा’को कथा हरेकको घरको कथा भएको निर्देशक दीपेन्द्रले बताउँदै आएका छन्।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत…

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

धेरै विश्वासिलो अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार साउदी अरबले परम्परागत पूर्ण मदिरा प्रतिबन्धलाई पूर्ण रूपमा हटाएको औपचारिक घोषणा गरेन भने पनि, एक…

प्रतिकृयाहरू
...