Thursday 26th March 2026

दुई श्रीमती कुवेतमा, श्रीमान दुई बालबच्चा र घरको रेखदेखमै व्यस्त


तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो।

सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन्। उनले पनि सहजै स्वीकारे। अन्ततः राममायाले आफ्नै श्रीमान्‌काे बिहे बहिनी मोतिमायासँग गराइन्। बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु। बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुसी आउँथ्यो।

तीन वर्षअघि एउटा छुट्टै संयोग बन्यो। दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे। तीन वर्षअघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए। ‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो।’ मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए। छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन्।

छोराहरु श्रीमान्‌लाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन्। निःशुल्क भिसामा उनीहरु दुई वर्षअघि विदेश गएका हुन्। दुवैजना घरको काम गर्छन्। यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन्। आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए।

भीमबहादुरका श्रीमतीद्वयले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन्। उनले सबै पैसा बैंकमा राखेका छन्। ‘त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उनले भने।रासस


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...