Monday 29th April 2024

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा दुबै मृगौला पीडित सुरेश पुनको उद्धार


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले आइपिसीको सहयोगमा झण्डै पाँच महिना देखी कुवेतको आदान अस्पतालमा उपचाररत दुबै मृगौला पीडित सुरेश पुनको लामो समयको अथक प्रयास पश्चात् उद्धार गर्न सफल भएको छ। दुबै मृगौला पीडित सुरेश डिसेम्बर १६ तारिकका दिन नेपाल फर्किएका हुन। सुरेश रक्तचाप बढेर अचानक ढले पछि उनका साथीहरुले उनलाई जुलाई १८ तारिक आदान अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरेका थिए।

म्याग्दी जिल्ला मालिका गाउँपालिकाको निस्कोटबाट रोजगारिको सिलसिलामा सन् २०१७ जुन १ तारिक कुवेत स्थित सुङच्याङ्ग इन्जिनियरिङ एण्ड कन्ट्रक्सन कम्पनीमा आएका थिए। कम्पनीमा कमाइ राम्रो नभए पछि झण्डै एक वर्ष पहिले कम्पनी छाडेर अबैधानिक भएर काम गर्दै आएका थिए। उनी अबैधानिक भएको हुँदा उनलाई अस्पतालमा भर्ना गर्न समेत निकै गाह्रो भएको उनका साथीहरुले बताउछन्।

मोना कुवेतले उपाध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा २ सदस्यीय उद्धार समिति गठन गरेको थियो। जसमा सह-कोषाध्यक्ष तुल पुन र सदस्य तुलसी जुग्जाली रहेका थिए भने उक्त उद्धार कार्यमा सस्थाका सम्पूर्ण पदाधिकारी लगायत सदस्यले समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए। मान बहादुर फगामीका अनुसार ‘उनको उद्धारको लागि नेपाली दूतावासलाई आग्रह गरेका थियौ तर दूतावासले २/३ पटक बिरामी भेटे तर स्वदेश फर्काउन कुनै पहल नगरे पछि आइपिसीलाई गुहार्नु पर्यो । आइपिसीले कम्पनीबाट पासपोर्ट लिएर दियो । कुवेती प्रहरी संग घर पठाउनको लागि निकै पहल गरिदियो तर घर पठाउन भने फेरि अर्को समस्या आयो। उनले किस्तामा ३/४ वटा आइफोन मोबाइल लिएको रहेछन। त्यो पैसा नतिरेको हुँदा उनको ट्राभल ब्यान्ड गरेको रहेछ।

उनी बिरामी भएको हुँदा उक्त पैसा तिर्न सक्ने अवस्था पनि थिएन। त्यो पैसा नतिरेसम्म पठाउन पनि निकै गाह्रो रहेछ। कुवेती प्रहरीलाई उक्त रकम मिनाहा गरिदिनको लागि आग्रह गरे। उनको घरको आर्थिक अवस्था पनि निकै नाजुक भएको हुँदा उक्त पैसा तिर्न सक्ने स्थित पनि थिएन। कुवेती प्रहरीलाई बारम्बारको अनुनय र बिनय पछि प्रहरीले अदालत गएर उक्त रकम मिनाहा गरिदिन सफल भयो। घर पठाउनको लागि अस्पतालको कागजात र अन्य कागजात बनाएर प्रहरीले लिएर गयो।

तर घर पुगेर किन कल पनि गरेन भनेर सोचेको थिएँ। २/३ दिन सम्म पनि नेपाल देखि कल आएन अनि फेरि कुवेत प्रहरीमा गएर बुझ्दा पुनः बिरामी भएर फेरि आइसियुमा राखेको रहेछ। आइसियुमा राखेको ३ दिन पछि उनको स्वास्थ्य क्रमिक सुधार भए पछि उनलाई नेपाल पठाउन सफल भएका छौ।’ मान बहादुरले थपे, ‘रोजगारीको सिलसिला आएर अबैधानिक भएर काम गर्नु राम्रो होइन किन कि बिरामी भयो भने यसरी घर जानको लागि निकै दुःख हुन्छ। अबैधानिक भएकाहरुलाई अन्यले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ। सकेसम्म अब कोहि पनि कम्पनी छाडेर भाग्ने काम नगर्नु हुन आग्रह गर्दछु।’

सुरेश नेपाल पुगेर पनि शुमेरु अस्पतालमा भर्ना भएका छन। उनको उपचारार्थ मोना कुवेतले छिट्टै नै केही सक्दो आर्थिक सहयोग गर्ने मोना कुवेतमा अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताएका छन।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...