Sunday 22nd March 2026

महिला प्रहरीको पेस्तोल लिएर केटासाथी गायब


तितोपाटी – गोली लोड भएको पेस्तोल बोकेर आफूसँग बस्दै आएका केटासाथी भागेपछि नेपाल प्रहरीकी एक जवान पक्राउ परेकी छिन्। घटना जनकपुरको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड ती महिला प्रहरीको पेस्तोल उनका केटासाथी सिवेन्द्र यादवले लिएर भागेका हुन्। यादव सोमबार राति १० बजेदेखि फरार छन्।
देउडावा-६ नवलपरासी घर भएका यादव केही सातायता ती महिला प्रहरीसँगै जनकपुरमा बसिरहेका थिए। जनकपुर उपमहानगरपालिका-४ भैरव चोकमा उनीहरू डेरामा बस्थे दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार महिला प्रहरी स्वंयले पेस्तोल लिएर आफूसँग बस्दै आएका यादव भागेको रिपोर्ट गरेकी हुन्।‘नवलपरासी जिल्लाको मान्छेसँग चिनजान, सम्पर्क र हतियार नै बोकेर हिँड्नु शंकास्पद छ,’ प्रदेश २ का प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले भने, ‘महिला प्रहरीमाथि अनुसन्धान भइरहेको छ, भागेका व्यक्ति फेला परिसकेका छैनन्।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...