Thursday 26th February 2026

खाना माग्दा श्रीमानबाटै कुटिइन् मञ्‍जुदेवी


तितोपाटी – घरमा पकाउनलाई सामल छैन् भन्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ मा एक महिला आफ्नै श्रीमानको कुटाइबाट थला परेकी छिन्। दलित बस्तीकी ३० वर्षीया मञ‍्जुदेवी खंग श्रीमान ३५ वर्षीय राजकुमार खंगको निर्घात कुटपिटबाट थला परेकी हुन्। कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ। अवस्था गम्भीर भएपछि चिकित्सकले उनलाई अर्कै अस्पतालमा रेफर गरेका छन् । घरमा ११ र सात वर्षीय दुई नाबालक छोरा र पक्षघात बिरामी सासू छन्। आर्थिक अवस्था कमजोर रहेकाले उपचार गराउन सक्ने अवस्थामा उनी छैनन्। हाल राजविराजस्थित अस्पतालमा उनको निशुल्क उपचार भइरहेको छ।
यसरी भयो घटना
सधैझैं शुक्रबार राती मादक पदार्थ र गाँजा सेवन गरी घर आएका राजकुमारले सात वर्षीय छोरालाई कुटपिट गर्न थाले। बुवा घर आएको देखेपछि खुशी भएका कान्छा छोराले बिस्कुट खोइ भनेर सोधे। जेठा छोराले आज माछा ल्याउने भन्नु भएको होइन बा भनेर सोधे।छोराहरुको मागअनुसार दुबै थोक ल्याउन नसकेका राजकुमारले उनीहरुलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सरिन्। ‘कमाएर आफू मात्रै बाहिर-बाहिर खाएर आउने, छोराले खानेकुरा माग्दा कुट्ने,’ भन्दै मञ्जुले प्रतिवाद गरिन्।
राती बुवा आउनु हुन्छ, अनी माछा भात पकाएर खाउँला भनी नाबालक छोरालाई आश्वासन दिएर मञ्जु बसेकी थिइन्त तर मातेर खाली हात आएका श्रीमान‍्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनु हुन्छ र पकाउँला भनेर हामी पर्खि बसेका छौं, तपाई भने कमाएको रकमले रक्सी खाएर उडाउने भनेर कराइन्।’
पाल्न नसक्ने भए किन विवाह गरेको? किन छोराछोरी जन्माएको, भनेपछि राजकुमारको लाठी छोराहुँदै मञ्जुतर्फ सोझियो। उनले रातभरी कुटपिट गरे। मञ्जुलाई रातभरी बेहोस हुनेगरी कुटेपछि राजकुमार फरार छन्। जेठा छोराले छिमेकसँग हारगुहार गरी आमालाई आइतबार बिहान राजविराजस्थित अस्पताल भर्ना गराएका छन्। राजकुमारको खोजी भइरहे पनि उनी घर छाडेर फरार रहेकाले अहिलेसम्म पक्राउ गर्न नसकेको इन्स्पेक्टर प्रकाश बस्नेतले बताए।
मञ्जुको माइत सुनसरीको शिवगञ्ज ३ भोक्राहा हो। उपचार नै नपाएर मर्ने पो हुन कि भनी चिन्ता गरेका मञ्जुका जेठा छोराले हजुरबुवा बद्री शर्मा खत्वे र काका हजुरबुवा जगदीश शर्मा खत्वेलाई खबर गर्न पाए सहयोग पुग्ने आशा गरेका छन्।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...