Thursday 25th December 2025

बेलायतको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीको बहुमत


तितोपाटी – बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।
यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको छ। यो नतिजा सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो।
यो जित सँगै प्रधानमन्त्री वोरिस जोन्सनले नेतृत्वमा रहेको कञ्जरभेटिभ पार्टीले पुनः सरकार बनाउने बाटो खुलेको छ भने बेलायत युरोपेली संघबाट बाहिरिन पनि बाटो खुला गरिदिएको छ। बेलायतले ब्रेक्जिक्ट मुद्धा पार लगाउन नसक्दा पछिल्लो ५ वर्षभित्रमा यो तेस्रो पटक भएको आम निर्वाचन हो। सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड र टेरिसा मे प्रधानमन्त्री हुँदा सो मुद्धाको टुंग्गो लगाउन नसक्दा राजीनामा दिन वाध्य भएका थिए।
६५० सिटको लागि भएको निर्वाचनमा विपक्षी दल लेवरलाई ठूलो धक्का लागेको छ। पछिल्लो परिणाम अनुसार लेवरले २०३ सिट प्राप्त गरेको छ। लेवरले गत निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको छ। निर्वाचनमा स्कटिस् नेस्नल पार्टीले ४८ सिट प्राप्त गरि तेस्रो स्थान सुरक्षित गरेको छ। अर्को दल लिबरल डेमोक्र्याटले ११ सिट जितेको छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...