Wednesday 13th May 2026

दक्षिण एसियाली खेलकुद(साग) समापन, २०६ पदक सहित नेपाल दोश्रो स्थानमा


तितोपाटी – दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा र जनकपुरबाट एकै साथ खेलाइएको यो प्रतियोगितामा आयोजक राष्ट्र नेपालले ५१ स्वर्ण सहित दोस्रो स्थानमा प्रतियोगिता अन्त्य गरेको छ। नेपालले ६० रजत र ९५ कास्य सहित कुल २०६ पदक जितेको छ।

पहिलो स्थानमा रहेको भारतको कुल ३१२ पदक रहेको छ। जसमा १७४ स्वर्ण ९३ रजत र ४५ कास्य रहेको छ।

यता ४० स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ। उसले ८३ रजत १२८ कास्य सहित २५१ पदक जितेको छ। चौथो स्थानाम पाकिस्तान छ। पाकिस्थानले कुल ३१ स्वर्ण, ७१ रजत र ५९ कास्य सहति कुल १३१ पदक जितेको छ। बंगलादेशको भने १९ स्वर्ण छ। बंगलादेशले ३२ रजत र ८७ कास्य जितेको छ। उसको कुल १३८ वटा पदक रहेको छ। प्रतियोगितामा माल्दिभ्स र भूटान कमजोर देखिएका छन्। माल्दिभ्सले १ स्वर्ण ४ कास्य सहित जम्मा ५ वटा पदक जितेको छ भने भूटान स्वर्ण विहीन बनेको छ। भूटानले रजत सात वटा र कास्य १३ वटा सहित २० पदक जितेको छ।

खेलकुद सामाग्रीको अभावमा पनि यस पटकको सागमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शनका साथ पदकहरू जित्न सफल भए । यस पटकको साग नेपालकाे फितलो तयारी र ब्यवस्थापन हुँदाहुँदै पनि नेपालले प्रतियोगितालाइ भव्य र सभ्य मात्र बनाएन खेलाडीले दिलाएको सफलताले पनि अविष्मरणीय रह्यो । १३ औं संस्करण समापन भए सँगै सागको अबको १४ औं संस्करण आयोजना गर्ने जिम्मा पाकिस्तानले पाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...