Friday 16th January 2026

दक्षिण अफ्रिकाकी जोजिबिनी तुन्जी बनिन् “मिस युनिभर्स-२०१९”


तितोपाटी – यस वर्षको “मिस युनिभर्स-२०१९” को ताज दक्षिण अफ्रिकाकी सुन्दरी जोजिबिनी तुन्जी ले जितेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले ९० भन्दा बढी प्रतियोगिलाइ हराएर मिस युनिभर्सको ताज जितेकी हुन्।

पेर्टोरिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”

फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् । मिस युनिभर्स को ६८ अाैं सिरिजमा फष्ट रनर अप र सेकेन्ड रनर अप क्रमशः मिस पेर्टोरिको र मिस मेक्सिकोले जितेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...