Sunday 22nd March 2026

कोसेली समुहको १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिकमा हुने


तितोपाटी – कोसेली समुह कुवेतले आफ्नो १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिक शुक्रबारको दिन मनाउने भएको छ । कोसेली समुह कुवेतको गत शुक्रबार बसेको मासिक बैठकले संस्थाको १२ औं वार्षिक उत्सव मनाउने लगायतका विभिन्न निर्णयहरू गरेको हो ।

कोसेली समुहले १२ औं वार्षिक उत्सवको अवसर पारेर पुर्वकालमा द्वैमासिक पत्रिकाको रूपमा प्रकाशन गरी गत वर्षदेखि वार्षिक स्मारिका अंकको रूपमा प्रकाशन गर्न थालेको ‘मरूभूमिको कोसेली’ छापा पत्रिकाको ३१ औं अंक प्रकाशित गर्ने भएको छ । पत्रिका प्रकाशनको लागि संस्थाका सल्लाहकार अग्रज पत्रकार तोयानाथ दाहालको संयोजकत्वमा कोसेली समुहको मिडिया टिमले पाठ्यसामाग्री संकलन, छनाैट र  प्रकाशन गर्ने छ भने वार्षिक उत्सव भव्य र अविष्मरणिय बनाउन संस्थाका कोषाध्यक्ष राजन श्रेष्ठलाइ वार्षिक उत्सव ब्यवस्थापनको संयोजक तोकेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाइ सफल बनाउन सबैले सहयोग गराैं भन्दै कोसेली समुहले आफ्नो वार्षिक कार्यक्रम तथा मरूभूमिको कोसेली पत्रिकामा त्यस सम्बन्धि सामाग्री पनि समेट्ने भएको छ । त्यस्तै गरि वार्षिक उत्सवको अवसरमा प्रकाशित हुने मरूभुमिको कोसेली छापा पत्रिका सम्पुर्ण कुवेतवासी नेपालीहरूको आफ्नो पत्रिका हुन सकोस भनि चाैतर्फी रूपमा लेख, रचना, साहित्य, संस्मरण संकलन गरि सम्पादक टिमले छनाैट गर्ने निर्णय भएकोले इच्छुक सबै सँग यहि डिसेम्बर महिनाको अन्तिम सातासम्म लेख, रचना पठाउन अनुरोध गर्ने निर्णय गर्दै आफुले मात्रै नलेखेर आसपासमा भएका अरू कसैको रचनाहरू भएमा पनि सम्पादक मण्डललाइ पठाउनु हुन कुवेतवासी सबै नेपालीहरूमा कोसेली समुह कुवेतले जानकारी अनुरोध गरेको छ ।

१२ औं वार्षिक उत्सव मनाउन लागेको कोसेली समुह कुवेतले नेपाली राजदूतावास, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कार्यक्रममा गरिमामय उपस्थिति जनाइ वार्षिक उत्सव कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल पार्न सहयोग गर्न अनुरोध गर्दै आधिकारिक निमन्त्रणा पछि पठाइने जनाउँदै उक्त दिन कुनै पनि कार्यक्रमहरू नजुधाइ दिनुहुन नेपाली राजदूतावास, कुवेतमा कृयाशिल संघ संस्था लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह गरेको छ । कार्यक्रमको घोषणा भइ सकेको भए पनि हल र समयको तय नभइसकेकोले हल बुकिङ भएपछि जानकारी गराउने कोसेली समुहले जनाएको छ ।

स्मरण रहोस, विगत १२ वर्षदेखि स्थानिय गतिविधि, देश विदेशका समाचार, सूचना, साहित्य, मनोरञ्जन, खेलकुद तथा तात्कालिन गतिविधिहरू अनलाइन र  छापाको माध्यमबाट सम्प्रेषण गर्दै आएको कोसेली समुहको अनलाइन संस्करण तितोपाटी डट कम(यस अघि नेपालकुवेत डट कम ले परिचित) र छापा संस्करण मरूभूमिकको कोसेलीको रूपमा रहेको छ । कोसेली समुह कुवेतले समाचार सम्प्रेषणको अलावा विभिन्न सचेतना कार्यक्रमहरू, स्वास्थ्य शिविर, मनोरञ्जनात्मक कार्यक्रम, आर्थिक सहयोगका कार्यक्रमहरू समेत गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...