Tuesday 14th October 2025

डाक्टरलाई बलात्कारपछि जलाउने चारै जना इन्काउन्टरमा मारिए


तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी  हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ ।

समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय प्रहरीलाई उदृत गर्दै समाचारमा भनिएको छ, शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो। चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो।

२७ नभेम्बरमा चार युवकहरुले एक भेटनरी डाक्टरको बलात्कार गरेपछि जलाएर मारेका थिए । प्रहरीहरूले अनुसन्धानको शिलशिलामा आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएकाे छ।प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो।

अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र क्लिनर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेर का थिए।

-एजेन्सीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...