Sunday 16th November 2025

भक्तपुरमा कांग्रेसले नेकपालाइ पछार्यो


तितोपाटी – भक्तपुरमा सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाइ प्रतिपक्षी दल नेपाली कांग्रेसले पछारेको छ । हिँजो भएको उपनिर्वाचनमा भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो। यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयरसहित अधिकांश वडाअध्यक्ष पनि पूर्व एमालेबाटै विजयी भएका थिए।

काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत पाएका छन्। तेश्रो स्थान यसअघि जस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाएका छन्।

यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ (७१ प्रतिशत) मत खसेको थियो। गएको यस क्षेत्रको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका हरिशरण लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए। त्यस्तै सात हजार १९ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका निरज लवजू तेस्रो स्थानमा रहेका थिए।

चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका वडा नं १० गरी यस प्रदेशमा जम्मा १० वटा वडा रहेका छन्। यस पटकको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका गरी नौ दलहरुबाट नौ जना र १० जना स्वतन्त्र गरी १९ जना उम्मेदबारहरु प्रतिस्पर्धामा थिए।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...