Tuesday 13th October 2026

भाउजु नाता पर्नेले नै बेचिन १२ बर्षिय बालिका


तितोपाटी-नेपाली बालिकालाई भारत लगेर यौनव्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग रहेका छन् । तामाङ्ग ती बालिकाको भाउजु नाता पर्ने प्रहरीले जनाएको छ ।

उनले तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत ती १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्रलोभन देखाएर दिल्ली पु-याएकी थिइन् ।पछि बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु-याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाइराखेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको सूचना अधिकारी प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो ।बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो ।

हाल उनीहरुमाथि मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कारवाही हुने बताइएको छ ।ती बालिकालाई आफन्त नेपाल दिल्लीले उद्धार गरी नेपाल ल्याएको छ ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...