Friday 20th March 2026

नेपालको राजनीतिक नक्सा सार्वजनिक


नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौं’ खनालले भने,‘यही विधिबाट नक्साङ्कन गर्दा नेपाली नक्सामा कालीनदीको मुहान स्पष्ट देखिन्छ।’

अभियानका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको र यसले विश्वव्यापि बनाउने जानकारी दिए। अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। ‘अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने हाम्रो मूल सिद्धान्त हो’ संयोजक रिसालले भने ‘सार्वजनिक गरिएको नक्सा सुगौली सन्धीअनुसारको तयार भएको छ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाई थियो। नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानसम्म नेपाल रहेको प्रमाण सुरक्षित रहेको बताए।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गर्नु परेको बताए। ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ’ उनले भने। पूर्व सचिव तथा अभियान्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकार देखि संयुक्त राष्ट्रसंघसम्म पुर्‍याईने उद्घोष गरे।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...