Monday 13th April 2026

पूजा सुनुवारको ‘रहर’ एल्वम् लोकार्पणसँगै ‘हुन्छ भनन” सार्वजनिक


तितोपाटी- सर्वाधिक चर्चामा रहेकी गायिका पूजा सुनुवारको आवाजमा संग्रहित एलबम ‘रहर’ को लोकार्पण सम्पन्न भएको छ। साथै ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन’ गीतभिडियो समेत सार्वजनिक भएको छ ।

डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउतको अभिनय रहेको छ । सो एल्बममा पाँच गीत समावेश भएका छन्।
दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ । ‘रहर ’ एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल,दिपक शर्मा ,राम गोपाल ‘आशुतोष’ ,कृष्ण सुनुवार ,र खलनको मान्छे को शब्द रहेको छ भने । युवा सङ्गीतकार शङ्कर ‘थापा स्माइल’,दिपक शर्मा,शिब साम्पोङ्ग,अनिश श्रेष्ठ ,र पुस्कर सुनुवारको संगीत छ ।

अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...