Sunday 16th November 2025

स्वाधिनता र स्वाभिमानको निमित्त जनताले बिद्रोह गर्नुपर्ने:राजाराम बर्तौला


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिस्तारवाद र साम्राज्यवाद विरुद्ध हतियार उठाएर लड्नु पर्छ भनेर युबाहरुको जिबनमाथि खेलबाड गर्ने कम्युनिस्ट सत्तामा पुगेपछि रुप परिबर्तन भएको र आत्मसमर्पणवादीमा रुपान्तरण भएको बताएका छन् ।

मकवानपुरको बकैया गाउँ पालिकाको पार्टी कार्यक्रममा बोल्दै बर्तौलाले बर्तमान सरकारको भरमा मात्र सिमा रक्षा हुन सक्ने अबस्था नभएको भन्दै स्वाधिनता र स्वाभिमानको निमित्त जनताले बिद्रोहको तयारी गर्नुपर्नेमा जोड दिए । कालापानी र लिपुलेकको समस्या कुटनैतिक ढंगबाट समाधान गर्न परराष्ट्रमन्त्री दिल्ली जानुपर्नेमा अनावश्यक रुपमा अन्त अन्त कुद्नु नालायकीपन भएको दाबी गरे । “सरकार भगौडा जस्तो भयो, यसले स्वाधिनता जोगाउन सक्दैन,परराष्ट्रमन्त्रीको अहिलेको बिदेश भ्रमण आत्मसमर्पणबादको धोतक हो,उनी फर्किदा कालो झण्डा देखाउनुपर्छ” बर्तौलाले भने ।

राप्रपा सकियोस् भन्नेहरुको सपना पूरा नहुने भन्दै उनले राप्रपा आउदो चुनाबमा निर्णायक शक्ति बन्ने दाबी गरे । काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राप्रपा उदाउँछ उनको भनाई थियो । कार्यक्रममा पार्टीका नेताहरु गुरु प्रसाद सापकोटा , दामोदर वाग्ले,राजाराम अर्याल, बालकुमारी डल्लाकोटी, लक्ष्मी जिम्बा, धर्मध्वोज लो ,बिकास भोम्जन, विशाल कठायत लगायतले बोलेका थिए ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...