Monday 15th June 2026

जजिरा एयर मार्फत नेपाल जाँदैहुनुहुन्छ ? हुनुहुन्छ भने यी कुराहरू ख्याल गर्नुहोस


तितोपाटी – गत नोभेम्बर १७ तारिकदेखि कुवेत-नेपाल सिधा उडान शुरू गरेको जजिया एयरको बारेमा तपाइ हामी सबैलाइ थाह छ । यो सेवा हामी नेपालीको लागि खुशीको कुरा हो । हुन त यस अघि पनि वातानिया एयरले कुवेत-नेपाल सिधा उडान नभरेको होइन । विविध कारणले वातानिया एयर बन्द भएपछि कुवेत-नेपाल सिधा उडान भर्ने कुनै एयरलाइन्स नभएको समयमा नेपाली राजदूतावासको प्रयासमा पुनः जजिरा एयरले कुवेत-काठमाण्डाैंको सिधा उडान शुरू गरेको हो ।

जजिरा एयरले हाल  कुवेत-काठमाण्डाैं-कुवेतको लागि हप्तामा अाइतबार, सोमबार, बुधबार र शुक्रबार गरी ४ वटा उडान तय गरेको कुरा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको जजिरा टर्मिनल (T5) मा कार्यरत इश्वर न्याैपानेले तितोपाटी डट कम सँगको कुराकानीमा बताए । जजिरा एयरले लगेज ३० केजी र ह्याण्ड क्यारीमा ९ किलो सम्म दिए पनि नयाँ टर्मिनल भएकोले यात्रुहरूलाइ थाहा नहुँदा अन्य टर्मिनलमा जसरी धेरै सामान लिएर जाँदा टर्मिनल भित्र पसेपछि अन्य टर्मिनलमा जस्तो फिर्ता अाउन नपाइने भएकोल लगेज भन्दा बढि भएको सामान कोही साथी मार्फत फिर्ता पठाउन नपाइने भएकोले टिकट अनुसारको पाइने लगेज भन्दा बढि सामान नलैजान अनुरोध गर्दै पहिलो दिन र दोश्रो दिनको उडानमा धेरै यात्रुहरूले अन्य टर्मिनलमा झैं बढि भएको सामान साथी मार्फत फिर्ता पठाउँला भनि भित्र लिएर जाँदा फिर्ता ल्याउन नपाएर फाल्न बाध्य भएको इश्वर न्याैपानेले बताए । उनले भने, खास गरी विदेशको चिनोको रूपमा लैजाने गरिएका  अत्तर, क्रीम, पाउडर, साबुन, स्याम्पु जस्ता सामानहरू नेपाल घरविदामा जान लागेका साथीभाइहरूले फाल्नु परेको देख्दा सार्है चित्त दुःखेको बताउँदै त्यस्ता सामानहरू लगेजको कोटा बमोमिम मात्रै लैजान सल्लाह दिएका छन् ।

के तपाइं भरखरै संचालनमा अाएको जजिरा एयरको सिधा उडानबाट नेपाल जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कृपया तपसिल बमोजिमका कुराहरूमा ध्यान दिनुहोला ।

१. कुनै पनि किसिमका लोसन, क्रीम, स्याम्पु र साबुन जस्ता सामानहरू लगेजमा मात्रै लैजानुहोला ।

२. टर्मिनल भित्र गएर बोर्डिङ पास लिइ सकेपछि अरू टर्मिनलमा जस्तो बाहिर अाउन नपाइने हुँदा बढि भएको सामान फिर्ता पठाउन नपाइने हुँदा टिकटमा तोकिए बमोजिम भन्दा बढि लगेज नलैजानुहोला ।

३. ह्याण्ड क्यारीमा ९ किलो ताैल सम्मको सामान लैजान पाइने भए पनि कुनै पनि किसिमको तरल पदार्थ १०० मिलि भन्दा बढिको सामान लैजान पाइने छैन ।

४. फेसियल पाउडरको हकमा ३५० ग्राम भन्दा बढिको लैजान पाइनेछैन । पाउडर पनि खुल्ला रूपमा लैजान पाइने छैन ।

५. धारिलो हात-हतियार, चक्कु, छुरी, ब्लेड तथा धारिलो सामान जडित ग्राइन्डर, ब्लेन्डर जस्ता सामान लैजान पाइने छैन ।

६. रिमोट कन्ट्रोलवाला सामानहरू, ब्याट्री, टर्च लाइट, इमर्जेन्सी लाइट, खेलाैना बन्दुक लैजान पाइने छैन ।

७. बिभिन्न किसिमका डोरीहरू, बिजुलीको तार, एक्सटेन्सन केबुल, नङकट, टेष्टर, स्क्रुप डाइभर जस्ता सामानहरू लैजान पाइने छैन ।

८. खाद्य पदार्थहरू बिस्कुट, चाउचाउ जस्ता सामानहरू लैजान सकिने भए पनि पानी, पेप्पी तथा जुस तस्ता तरल पदार्थहरू लैजान पाइने छैन ।

उपरोक्त सामानहरू लैजानु पर्न भएमा पहिले नै लगेजमा राख्नुहोला अन्यथा  टर्मिनल भित्रको चेकिङमा सबै सामानहरू फाल्नु पर्ने हुँदा महंगो मुल्यमा किनेका सामानहरू त्यत्तिकै खेर जान्छ । त्यसैले ह्याण्ड क्यारीमा उपरोक्त सामानहरू नलैजानु होला । बेलैमा सचेत बनाै र अरूलाइ पनि जानकारी गराइ सचेतना फैलाअाैं ।

 


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...