Friday 20th March 2026

श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा पुर्व रक्षा सचिब गोताबाया राजापाक्षे विजयी


श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व रक्षा सचिव गोताबाया राजापाक्षे विजयी भएका छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । सत्तारुढ दलको उम्मेद्वारलाई पराजित गर्दै सिन्हाली बौद्धमार्गी राजापाक्षे विजयी भएका हुन् । श्रीलंकामा सिन्हाली बौद्धमार्गीको वर्चश्व रहेको छ भने तामिल र मुसलमानहरु अल्पसंख्यकका रुपमा रहेका छन् ।

श्रीलंकाका मन्त्री सजिथ प्रेमादासाले एक विज्ञप्ती जारी गर्दै जनताको निर्णयलाई आफूहरुले कदर गर्ने बताएका छन् । गृहयुद्धका बेला रक्षामन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका राजापाक्षेका प्रवक्ता केहिलिया रामबुङ्कवेलाले यो जनताको जित भएको बताएका छन् । उनी विजयी भएको खबर बाहिर आएसँगै राजापाक्षेको घर अगाडि समर्थकहरुको ठूलो भिड जम्मा भएको छ ।

राजापाक्षेले निर्वाचित हुनका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको बताइएको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार शनिबार भएको मतदानमा कुल ८० प्रतिशत मत खसेको थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...