Wednesday 12th February 2025

ने. सं. ११४० तथा म्हपूजा भव्य रूपमा सम्पन्न भएकोमा नेवाः गु्ठीद्वारा धन्यवाद ज्ञापन


तितोपाटी – नेवाः गुठी कुवेतले गत नोभेम्बर १ तारिक सम्पन्न गरेको नेपाल संवत ११४० तथा म्हपूजा कार्यक्रम भव्य र हर्षोल्लासपुर्ण रूपमा सम्पन्न भएपछि नेवाः गुठी कुवेतले  कार्यक्रम सफल पार्न प्रत्यक्ष/परोक्ष रूपमा तन, मन र धनले साथ, सहयोग र समर्थन गर्ने सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गुठीका तर्फबाट अध्यक्ष मास्केले अायोजक, अहोरात्र खटेर कार्य गर्ने कार्य समितिका पदाधिकारीहरू, समाचार सम्प्रेषण गरी सहयोग गर्ने मिडिया हाउसहरू लगायत कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिनुहुने नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दम्पति लगायत कुवेतमा कृयाशिल संघ संस्था सबैको मुक्तकण्ठले प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

धन्यवाद ज्ञापनमा जनाइए अनुसार – धन सम्पति हराए फेरी जोड्न सकिन्छ तर संस्कृति हराए सवथोक हराउँछ, पहिचान हराउँछ । न्हुँ दया ११४० र म्हपूजा यस नयाँ कार्यसमितिको पहिलो कार्यक्रम थियो र यो हाम्रो संस्कृतिलाई जोगाइ राख्ने एक प्रयास थियो । हाम्रो नेवाः समुदायका धेरै मित्रहरु चाड मनाउन नेपाल जानुभएको अवस्था तथा म स्वयंको नेपाल भ्रमणले गर्दा कतिपय साथीहरुलाई कार्यक्रम सफल नहुने हो कि भन्ने डर समेत थियो तथापी यस गुठीका सचिव धुर्वकुमार श्रेष्ठ एवं कार्यक्रम संयोजक उदाश श्रेष्ठको अथक मेहनत, लगनशीलताले कार्यक्रमको ढाँचा तयारी अवस्थामा थियो जव म नेपालबाट म्हपुजाका सामाग्रिहरु लिएर कर्मभुमी फर्किए । तत्पश्चात पनि सबै नेवा समुदाय तथा पदाधिकारीहरुले आ–आफ्नो स्थानबाट गर्नुभएको अभुतपुर्व सहयोगको लागि यस गुठी एवं संसारभरीका नेवा समुदायले मुक्तकण्ठले प्रशंसा गरेको सुन्दा अत्यन्त हर्ष विभोर छु ।

यस कार्यक्रमलाई सफल बनाउन नेवा समुदायका हरेक सदस्यहरुको बेजोड सहयोगको लागि म प्रशंसा गर्न चाहन्छु भने गुठीको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । नेवा परम्परा अनुसार पुजा सामाग्री, सगुन र भोज को व्यवस्थापनमा सहयोग गर्नुहुने सवैको सहयोग अतुलनीय रहेको छ । कार्यक्रमको तयारी एवं ढाँचा र स्केड्युअल तयार पार्नुहुने सचिव श्री धुर्वकुमार श्रेष्ठ, कार्यक्रमर्ला चुस्त बनाउन महत्वपूर्ण सल्लाह प्रदान गर्नुहुने सल्लाहकार श्री कल्याण श्रेष्ठ सदैव हौसला प्रदान गर्नुहुने संरक्षक श्री शिव श्रेष्ठ ज्यू प्रति कृतज्ञता एवं हार्दिक नमन । भोजका लागि धेरै मेहेनतका साथ विभिन्न परिकार बनाउनु हुने सल्लाहकार इलाज श्रेष्ठ तथा उहाँको परिवार लाई ससम्मान सम्झदैं हार्दिक नमन व्यक्त गर्न चाहन्छु । त्यस्तै सगुनका लागि अति आवस्यक बारा, अण्डा लगायत अन्य सामग्री तयार पार्नुहुने श्री राधेश्याम श्रेष्ठ तथा विशेष खटिनुहुने उहाँको परिवार लाई समेत म नमन गर्न चाहन्छु । कार्यक्रमकै दिन ड्युटी समेत गरी खाना तयार पार्नुहुने श्री राजकुमार जोशी ज्यूको सहयोग अतुलनीय रहेको छ । पकवान बनाउने क्रममै सल्लाहकार कल्याण श्रेष्ठ ज्यूलाई पनि म सम्झन चाहन्छु । कार्यक्रमको लागि सल्लाह प्रदान गर्नुहुने विश्व नेवाः संगठन (Wolrd Newa Organization) तथा श्री सिजन श्रेष्ठ ज्यु लाइ पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हरेक कार्यक्रमको प्रमुख आवश्यकता आर्थिक दायित्व समेत हो । यस कार्यक्रमको लागि आवश्यक आर्थिक भार जुटाउन महत्वपूण भुमिका खेल्नुहुने यस संस्थाका कोषध्यक्ष श्री जुजुकाजी महर्जनको भुमिका समेत अतुलनीय रहेको छ । साथै अर्थिक सहयोग गरेर कार्यक्रम सफल बनाउनुहुने सबै महानुभावहरुलाई यस गुठी नमन गर्दै भविश्यमा समेत सहयोगको अपेक्षा राख्दछ । सम्पूर्ण सहयोगी दाताहरुको नामावली समेत कोषध्यक्षले सबैलाई जानकारी गराउनुहुनेछ । पूजाका लागि विधिमा सहयोग गर्नुहुने बालकृष्ण ज्यू, मण्डपमा सहयोग गर्नुहुने बालकृष्ण महर्जन, शशी अमात्य ज्यू साथै हलमा समयमै उपस्थित भै सजावट तथा व्यवस्थापन गर्नुहुने प्रथम उपाध्यक्ष राजन श्रेष्ठ ज्यू प्रति पनि गुठिको समिक्षा बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसका साथै यस कार्यक्रममा कुवैतमा रहनु भएका सम्पूर्ण नेवा समुदायबाट प्राप्त अभुतपूर्व सहयोगको सम्मान सहित धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रमको बारेमा समाचार एवं जानकारी प्रदान गरिदिनुहुने कुवेत स्थित पत्रकार महासंघ तथा यसमा आवद्ध पत्रकार मित्रहरुलाई समेत म सधन्यवाद सम्झन चाहन्छु । अनलाइन मिडीयाहरु www.titopati.com, www.kuwaitnepal.com, www.rdcreation.com, www.dcnepal.com , www.himalisanchar.com , www.subhaypost.com लगायत सम्पुण मिडीयाहरुलाई कृतज्ञता ज्ञापन गर्दछु ।

सवै जाती र समुदायको आ-आफ्नै परम्परा र संस्कृति हुन्छ र कुवेतमा पनि आदीवासी जनजाती महासंघको शाखाले सवै आदिवासीहरुलाई एकतृत गर्ने गरेको सर्वविदित नै छ । यस कार्यक्रममा समेत जनजाती महासंघका कुवैतका अध्यक्ष अमृत तामाङ्ग त्यस्तै जातीय संस्थाका अध्यक्ष ज्युहरु पुरा कार्यक्रम अवधी भर रही नेवा परम्पराको सम्मान गर्दै म्हपुजामा समेत सामेल हुनुभएकोमा हार्दिक नमन गर्न चाहन्छु ।

कार्यक्रमलाई सौहार्दपूर्ण रुपमा सञ्चालन गर्नुहुने गुठीका महासचिव श्री नविन श्रेष्ठ ज्युको विद्वताले म कायल भएको छु । कार्यक्रम अवधी भरी हाम्रो संस्कृतिलाई सम्मान र चाख पुर्वक अवलोकन गर्दै म्हपुजामा समेत सामेल भइदिन हुने कुवेतवासी सम्पुर्ण नेपालीहरुको अभिभाभावक महामहिम राजदुत श्री दुर्गा प्रसाद भण्डारी ज्यू र उहाँको धर्म पत्नी ज्यूलाइ नेवा गुठी लगायत सम्पुर्ण नेवा समुदायको तर्फबाट उच्च सम्मानका साथ सह्ृदय धन्यवाद ग्रहण गरिदिनुहुन निवेदन गर्दछु ।
अन्तमा, प्रतक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई स सम्मान धन्यावाद ज्ञापन गर्दै हरेक कार्यक्रममा केही कमजोरी हुन्छन् नै यस कार्यक्रमा भएका गल्ती कमजोरीहरुको अध्यक्षको हैसियतले क्षमा याचना गर्दै गल्तीका बारेमा समेत म सुरज मास्के तथा यस गुठी रचनात्मक सुझावको अपेक्षा राख्दछ । सुभायः ।

अध्यक्ष
सुरज कुमार मास्के
एवं नेवा गुठी कुवैत परिवार

धन्यवाद ज्ञापन जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...