Saturday 21st March 2026

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते


तितोपाटी – सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रा १ झ ४३२ नम्बरको जीप त्रिवेणी गाउँपालिका फलावाङ्गमा विहान साढे दश बजे दुर्घटना भएको हो । सल्यानको बडागाउँ नजिकै जीप दुर्घटना भएको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

उनीहरुको अञ्‍चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुने सबै त्रिवेणी गाउँपालिका- ४ फालाबाँगका स्थानीय हुन्। घाइतेको उपचार अञ्‍चल अस्पताल तुल्सीपुरमा भइरहेको छ। चालकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...