Saturday 21st March 2026

निजामती कर्मचारीको सेवा अवधिको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम


तितोपाटी – नेपाल सरकारका निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ । हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने निर्णय संसदीय समितिले गरेको हो। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पु-याउने निर्णय गरेको हो।

निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पु-याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए। तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पु-याईनेछ। पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पु-याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताए।

समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो। बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...