Monday 3rd November 2025

निजामती कर्मचारीको सेवा अवधिको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम


तितोपाटी – नेपाल सरकारका निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गरिएको छ । हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने निर्णय संसदीय समितिले गरेको हो। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पु-याउने निर्णय गरेको हो।

निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पु-याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए। तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पु-याईनेछ। पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पु-याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताए।

समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो। बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

प्रतिकृयाहरू
...