Saturday 1st November 2025

अर्घाखाँचीको नरपानीमा भएको कार दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु, २ जना घाइते


तितोपाटी – अर्घाखाँची जिल्ला स्थित सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार करिब ९ बजेतिर बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार गरिएको हो।


सम्बन्धित शीर्षकहरु

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

प्रतिकृयाहरू
...