Saturday 21st March 2026

अर्घाखाँचीको नरपानीमा भएको कार दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु, २ जना घाइते


तितोपाटी – अर्घाखाँची जिल्ला स्थित सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार करिब ९ बजेतिर बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार गरिएको हो।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...