Friday 3rd July 2026

परम्परालाइ कायम राख्दै कुवेतमा पनि देउसी भैलो खेलियो


तितोपाटी – नेपालीहरूको दोश्रो ठुलो चाडको रूपमा रहेको तिहार चाडको अबसरमा खेलिने देउसी भैलो कुवेतमा खेलिएको छ । विगतका वर्षहरूमा झैं कुवेतको सबै भन्दा पुरानाो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले सांस्कृतिक निरन्तरता स्वरूप देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ भने यस वर्षबाट नेपाली राष्ट्रिय माैलिक पञ्चेबाजा टोलीले पनि देउसी भैलो खेलेको समाचार तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।

“हाम्रो संस्कृति-हाम्रो परम्परा” भन्ने मुल नाराका साथ गठन भइ कुवेतमा दशकाैं देखि कृयाशिल रहेको नेपालकुवेत साँस्कृतिक मञ्चले परम्परालाइ कायम राख्दै नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी निवासमा सम्पुर्ण राजदूतावास परिवारको समुपस्थितिमा देउसी भैलो खेल्यो भने दूतावास लगायत अन्य केहि स्थानमा पनि देउसी भैली खेलिएको थियो । दूतावासमा खेलिएको भैलो पश्चात बोल्दै महामहिम राजदूतले नेपाल कला संस्कृतको धनि देश भएकोले संस्कृतको संरक्षण तथा जगेर्ना गर्नको लागि स्वदेशमा मात्र नभएर विदेशमा समेत यस किसिमका सांस्कृतिक गतिविधि कायमै राख्नु पर्ने बताउँदै नेपाली समुदायका हरेक चाडपर्व र संस्कार जाेगाइ राख्न देउसी भैलो खेलेकोमा सांस्कृतिक मञ्च कुवेत लगायतमा देउसी भैलोमा सहभागी सबैलाइ धन्यवाद दिंदै यस किसिमका सकारात्मक सन्देश दिने हरेक गतिविधिमा राजदूतावासको साथ सहयोग र समर्थन रहने बताउ ।

सांस्कृतिक मञ्चका संस्थापक हस्तिहरू सबै यस वर्ष वार्षिक छुट्टीमा नेपालमा भएकोले देउसी भैलोमा धेरै मानिसहरूको उपस्थिति रहन नसके पनि देउसी भैलाै कार्यक्रम साैहर्द्रपुर्ण र हर्सोल्लासपुर्ण रूपमा खेलिएको थियो । मञ्चले खेलेको देउसी भैलोलाइ मञ्चका संरक्षक सल्लाहकार हरिकृष्ण न्याैपाने, कृष्ण सुनार लगायतले भट्याएका थिए भने मञ्चकी महिला उपाध्यक्ष नेहा राइको नेतृत्वमा देउसी भैलो खेलिएको थियो ।धनधान्यकी देवी लक्ष्मीको स्मरण गर्दै लक्ष्मीपूजा, भाइ पुजा, नेवार समुदायमा मनाइने म्हपूजा लगायत काग, कुकुर, गाइ, गाेरू तथा गोवर्धन पर्वतको समेत पुजा गरिने तिहारकाे अबसरमा खेलिने देउसी भैलोमा परम्परागत कथामा अाधारित रहेर देउसी भैलो खेलिन्छ भने देउसेहरूले बिच बिचमा गीत गाएर नृत्य प्रस्तुत गर्दछन् । देउसी भैलो खेल्नेटोलीलाइ भेटीघाटी दान दक्षिणा दिइसकेपछि दाताको धनदाैलतको वृिद्ध, श्री प्राप्ती, एेश्वर्य प्राप्तीको अाशिष दिंदै विदा हुने चलन छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...