Friday 20th March 2026

पाकिस्तानमा गुडिरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाकाे मृत्यु


तितोपाटी – पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन्। रेलमन्त्री शेख रसिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।

रेलमा सिलिन्डर पड्किँदा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूले कतिपय मानिसको जलिरहेको रेलबाट हाम फाल्न खोज्दा मृत्यु भएको थियो। दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो, रेलमन्त्रीले बताए।

मन्त्रीका अनुसार लामो रेल यात्रामा यात्रुहरू स्वयंले खाना पकाउन स्टोभसहित यात्रा गर्ने हुँदा त्यो समस्या बनेको छ। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...