तितोपाटी – कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका भोजपुरका ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका उपाध्यक्ष समेत रहेका तिलाचन बस्यालले तितोपाटी डट कमलाइ जानकारी गराएका हुन् ।
आरअाईसी कुलेक्स कम्पनीमा कार्यरत मगरको बुधवार दिउँसो काम गरिरहेकै ठाउँमा मृत्यु भएकाे तितोपाटी डट कम सँगको कुराकानीमा बस्यालले बताए । काम सकेर फर्कने समयमा मगर बाहिर नअाएपछि खोजीकार्य गर्दाखेरी नयाँ लिफ्ट राखिने ठाउँमा भुईमा लडिरहेको अबस्थामा मृत भेटिएका थिए ।
पदम बहादुर मगरको निधनको बारेमा नेपाली राजदूतावासमा बुझ्दा श्रम सहचारी ज्ञानेन्द्र शर्माले घटना बारेमा दूतावासलाइ प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै कानूनी प्रकृया पुरा गरि मृतकको शब छिट्टै नै नेपाल पठाउने बताए ।