Monday 12th October 2026

बेलायतमा नेपाली महिलाको छुरा प्रहार गरि हत्या


तितोपाटी – बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुरथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थवल्म्यू स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा फातिमाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

इष्ट मिडल्याण्ड स्पेशनल अपरेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले केही सूचना भए उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...