Tuesday 13th January 2026

#गजल# -लक्ष्मी ढकाल


फल भनेर हुँदैन हजुर भक्किउँलाे कति अमिलाे हुन्छ !
महले मुख बिगारेकाे बा लाइ याे नै अझ स्वादिलाे हुन्छ!

अाफै अाैँसीले पनि पटक-पटक प्रश्न गर्छ चन्द्रमालाइ,
म हटे पछी तिम्राे मुहार किन? सुन्दर हँसिलाे हुन्छ !

त्याे झुपडीमा चाडबाड अाउँछ विरहकाे भाका पाेख्दै,
यहाँ सँधै सुख कटाउने महल अझ भड्किलाे हुन्छ !

अाज बाँचुन्जेल जाेहाे गरि राख्ने पैसा बाकस भरी,
भाेली अन्तिम बाटाे अाफु हिँड्दा छर्ने त्यही टिलाे हुन्छ!

उनले याद हरु उधाराेमा नपठाएकै जाती हुन्थ्याे,
रित्ताे-रित्ताे मुटु बाेकेर हिँड्न मलाई सजिलाे हुन्छ !

लक्ष्मी ढकाल
पुरानाे बानेश्वर, काठमाण्डाैं


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...