Saturday 24th October 2026

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुदै


तितोपाटी- नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यालयमा बसेको बैठकले विश्वभरीका नेपाली पत्रकारहरुको सहभागिता हुने गरी कोरियामा बैठक गर्ने निर्णय गरेको हो ।

कोरिया शाखाको आतिथ्यमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो बैठक कोरियामा गर्ने र शाखा सञ्चालन सम्बन्धि नियमावली संसोधन प्रस्ताव समेत तयार गर्ने समितिका सदस्य सचिव भुपराज बस्यालले जानकारी दिए । यसैगरी बैठकमा सहभागी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले उठाएको विषयहरुको छलफल गर्ने र आगामी कार्यदिशा तयार गर्नको लागि कोरियामा बैंठक गर्ने गरी निर्णय भएको पनि बस्यालले जानकारी दिए । समितिको काठमाडौमा बसेको बैठकमा दामोदर नेपालले मध्यपूर्वको प्रतिवेदन, आङछिरिङ शेर्पाले पेश गरेको यूरोप, अमेरिका लगायतको प्रतिवेदन पेश गरेका थिए ।
-कारोबार दैनिक बाट


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...