Tuesday 14th May 2024

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि निर्वाचन आज, पन्त र आचार्य चुनावी दौडमा


तितोपाटी- एनआरएनए विश्व सम्मेलनको मंगलबार भएको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादवी भण्डारीलगायत।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृतवका लागि आज मतदान हुँदैछ। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंस्थित होटल हयातमा एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भन्डारीले मंगलबार उद्घाटन गरेकी थिइन्। मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनको दोस्रो दिन आज भने नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ। कूल ४२ पदका लागि आज मतदान हुने एनआरएनले जनाएको छ। जसका लागि अहिले उम्मेदवारी दर्ताको काम चलिरहेको छ। बिहान ८ बजेबाट थालिएको उम्मेदवारी दर्ता कार्य मध्यान्ह १२ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। विद्युतीय मेसिनबाट मतदान हुने निर्वाचनमा मतदाताको नामावली मंगलबार राति नै प्रकाशन गरिएको थियो। विश्वभरका २५ सयभन्दा प्रतिनिधिको सहभागीता रहेको सम्मेलनमा मतदान गर्न कति समय लाग्छ भन्ने एकीन नभएको निर्वाचन समितिले जनाएको छ। तर, विद्युतीय मेसिनबाट मतदान हुनेहुँदा मतदान भएको १ घन्टाभित्रै नतिजा बाहिर आउनेछ।

एनआरएनएको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले यसअघि नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।गैरराजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको बताइन थालिएको छ। च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर अधिवेशन भएका थिए।दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्रायः छ। च्याप्टर देशमा देखिएको राजनीतिक रङ केन्द्रीय महाधिवेशनमा स्पष्ट देखिने भएको हो।

विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका प्रत्याशी आचार्यले प्रमुख प्रतिपक्षी दल कांग्रेसको आडमा प्यानल नै बनाएर औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए। अधिवेशन सुरु हुनुभन्दा एक दिनमात्र पहिले पत्रकार सम्मेलन गरी प्यानल नै घोषणा गरेका आचार्यले आइतबार र सोमबार कांग्रेस नेताहरूसँग भेटसमेत गरेका थिए। उनले प्यानल बनाउनका लागि नै कांग्रेसका नेताहरूलाई भेटेको बताइएको छ।

आचार्यको प्यानलमा उपाध्यक्षमा डा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन्। विधानमा उपाध्यक्षमा ५ जना चयन हुने प्रावधान छ। अध्यक्षका प्रत्यासी आचार्य वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। बेलायतमा बसोबास गर्दै आएका आचार्य रेष्टुरेन्ट व्यवसायी हुन्। उनले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गरेका छन्।

अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको भने प्यानल घोषणा भइसकेको छैन। पन्तको समूहको औपचारिक घोषणा नभए पनि भित्री तयारी भइसेकेको बताइएको छ। लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागीता पन्तका विश्व सम्मेलन केन्द्रित मुद्दा छन्। पन्त दुई पटकसम्म उपाध्यक्ष चुनिएका व्यक्ति हुन्। गत विश्व सम्मेलनमा अध्यक्षमा रुची देखाए पनि अध्यक्षमा भवन भट्टलाई सहयोग गर्नेगरी उपाध्यक्षमै चित्त बुझाएका थिए। यसपटकलाई अध्यक्षको आधार तयार गरेका पन्तलाई उपाध्यक्षका प्रत्यासी तथा वर्तमान महासचिव डा बद्री केसीको समर्थन छ।

पूर्वअध्यक्ष जीवा लामिछानेको पनि पन्तलाई समर्थन रहेको बताइएको छ। अर्कोतर्फ दुई कार्यकाल अध्यक्षको पद हाँकेका अर्बपति शेष घलेको समर्थन आचार्यको पक्षमा भएको बुझिएको छ। संस्थापक अध्यक्षसमेत रहेका डा उपेन्द्र महतो एनआरएनएमा प्रभावशाली व्यक्तिका रूपमा लिने गरिएको छ। तर, हालसम्म उनी कुनै पनि उम्मेद्वारका पक्षमा प्रस्तुत भएका छैनन्।

महतो मंगलबार भएको उद्घाटन समारोहमा समेत देखिएनन्। राजनीतिक रङ देखिएका आफू कार्यक्रममा सहभागीता नजाउने उनले बताएका स्रोतले जानकारी दियो। विश्वका ८१ देशमा एनआरएनएका सदस्य ८२ हजारको संख्यामा रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने अनुमान गरिएको छ। सम्मेलन बिहीबार सकिनेछ।साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

नसोध मलाई म कहाँ छु आफैलाई खोज्दा हराएको छु मनमा आफैलाई भेट्ने सपना सझाएको छु विपना खोज्न सक्दिन सपनाले च्यापेको…

प्रतिकृयाहरू
...