Wednesday 26th November 2025

‘सी’ काठमाडौं उत्रिँदा विमानस्थल २ घण्टा बन्द हुने


तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ।

यस क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन्। कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिकासमेत सार्वजनिक गर्दै नयाँ उडानको समयसमेत निर्धारण गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...