Tuesday 3rd March 2026

‘सी’ काठमाडौं उत्रिँदा विमानस्थल २ घण्टा बन्द हुने


तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ।

यस क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन्। कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिकासमेत सार्वजनिक गर्दै नयाँ उडानको समयसमेत निर्धारण गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...