Tuesday 7th May 2024

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जनालाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा उक्त आर्थिक रकम हस्तान्तरण गरिएको मोना कुवेतका वरिष्ठ उपाध्यक्ष दिपक छ्न्त्यालले जानकारी गराएका छन ।

म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका – ५ स्थायी बसोबास गर्ने प्रसाद परियार लामो समय देखी घाँटीमा क्यान्सर भएको छ । मालिका गाँउपालिका – ३ स्थायी बसोबास गर्ने निल प्रसाद गुरुङ गाडी दुर्घटनामा परि गम्भिर घाइते भइ उपचारमा आर्थिक समस्या भएको छ । मालिका गाँउपालिका – ४ स्थायी बसोबास गर्दै आएका नर बहादुर किसान लामो समय देखी मृर्गौला पीडित भएका छन । बेनी नगरपालिका – ९ स्थायी बसोबास गर्दै आएका रिजन रत्न परियार लामो समय देखी ब्लड क्यान्सरबाट ग्रसित भएका छन ।

रघुगंगा गाँउपालिका – २ स्थायी बसोबास गर्दै आएका ठाकुर परियार लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन । मालिका गाँउपालिका – ३ स्थायी बसोबास गर्दै आएका मान बहादुर पटेल लामो समय देखी मृर्गौला पीडित भइ उपचाररत छन । बेनी नगरपालिका – ५ स्थायी बसोबास गर्दै आएका अमित दर्जी लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन । मंगला गाँउपालिका – ५ स्थायी बसोबास गर्दै आएका दिप बहादुर बुढा मगर लामो समय देखी मृर्गौलामा समस्या भइ अस्पतालमा उपचाररत छन ।

मोना कुवेतले ८ जना पीडितको लागि २१ हजार ८ सय १७ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । कुवेतमा कार्यरत नेपाली लगायत विभिन्न संघ सस्थाबाट संकलन गरिएको उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो । रोजगारीको सिलसिलामा कुवेत आइ दुबै मिर्गौला खराब भइ आदान अस्पतालमा उपचाररत सुरेश पुन लाई पनि केही समय पश्चात् आर्थिक सहयोग गर्ने बताएको छ । मोना कुवेतले रोजगारीको सिलसिलामा कुवेत आइ अलपत्र परेका पीडितहरुको उद्धार गर्नुको साथै जिल्लामा समेत विभिन्न पीडितहरुको लागि सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...