Sunday 12th April 2026

निवर्तमान सभामुख कृष्ण बहादुर महरा याैनदुर्ब्यवहारको आरोपमा पक्राउ


तितोपाटी – संघीय संसद प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । संघीय संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले किटानी जाहेरी दिएपछि अदालतको आदेशमा महरालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ । उनलाई महानगरीय प्रहरी वृत सिंहदरबार लगिएको छ ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै शाहीले बयान फेर्दै आएपनि अन्तिममा भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन् । १२ गते रातिको घटना १३ गते सार्वजनिक भएपछि असोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...