Monday 19th January 2026

एनआरएनए मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केको उम्मेद्वारी


तितोपाटी – गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।

क. एनआरएनलाइ श्रमिक मैत्रि संस्था बनाउन । ख. साना तथा मझाैला लगानीका योजनाहरू मार्फत मध्यपुर्वका श्रमिकहरूालइ समेट्न । ग. सामाजिक सुरक्षा सहितको वैदेशिक रोजगारीको मुद्दालाइ अरु जोरदार रुपमा उठाई कार्यन्व्ययन तर्फ लैजाने पहल गर्न । घ. वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाउनेहरूको पार्थिब शरीर सवलांग रूपमा नेपाल पठाउन । ङ. एक पटक एन अारएन भएपछि कुनै न कुनै रूपमा संघमा आवद्ध गराइ राख्न पहल गर्न । च. शुन्य लागतको वैदेशिक रोजगारीको लागि अावाज बुलन्द पार्न । छ. मध्यपुर्वमा कार्यरत श्रमिकहरूका लागि अन्तराष्ट्रिय विमानस्थलमा विशेष वातावरण बनाउन दवाव दिन।

सन २००९ देखि एनआरएनएको अभियानमा लागेका मास्के अघिल्लो कार्यकालमा एनसीसी कुवेतको सल्लाहकार रहेका थिए । सूचना प्रविधिमा निकै पोख्त रहेका मास्के एक दशक भन्दा लामो समयदेखि मध्यपुर्वको रोजगारीमा छन् । सन २००९ मा एनआरएनए एनसीसी ओमानको स्थापना गर्नेहरू मध्येका एक मास्के त्यस बखत सचिव भएर एनआरएनएको अभियानमा होमिएका थिए । सन २०११–१३ मा महासचिव भएता पनि विभिन्न घरायसी कारणले केहि वर्ष सकृय अभियन्ता भएर कार्य गर्न नसके पनि एनारएनएको अभियानको पक्षमा सदा सकारात्मक सोचका साथ लागि परेका मास्के सामाजिक र मानब कल्याणकारी कार्यहरमा हातमा हात र काँधमा काँध गरि सकृय रहेर आर्थिक योग्दान दिंदै आएका युवा हुन  ।

अरूलाइ मात्रै यो भएन र त्यो भएन भनेर आरोप लगाउन भन्दा आफैले जिम्मेवारी लिएर कार्य गर्नु पर्छ भन्ने सोच आएकोल यस पटक मध्यपुर्व उपसंयोजक पदमा उम्मेदवार भएर एनआरएनएको अभियानमा अझ सकृय हुन लागिपरेको बताउने मास्केले एनआरएन लाइ श्रमिक मैत्री बनाउन आँफु लागिपर्ने बताए । आफु स्वयं एक श्रमिक भएर कार्य गरिरहेकोले वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकहरूको अबस्था र  स्वदेश फर्केपछि उनीहरूले जिउने जिवनशैली आँफुले नजिकबाट देखेको/बुझेको बताउँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सामाजिक सुरक्षाको मुख्य विषयलाइ लिएर आँफु एनआरएनएको अभियानमा अघि बढेको बताएका छन् । यससंगै मध्यपुर्वको आवाज केन्द्र सम्म पुर्याउन र मध्यपुर्वमा कार्यरत नेपाली श्रमिकहरूको सीप र पुंजीलाइ एकतृत गरि नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने अवसरको सृजना गर्न आँफु लागि पर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...