Tuesday 13th January 2026

तिमी लजाउँदा


गुलाफको फूल राम्रो काँडा भएपनि ।
मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।।

अर्को जुनी भेट होला कोसिश गरे पक्कै ।
पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।।

सोचेको छु राम्रै भाछ पिरतीको माला ।
दुबै अझै नजिक भए जीबन राम्रो जाला ।।

झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।
लुकी लुकी हेर्ने गर्छु तिम्रो मानचित्र ।।

सपनालाई देखेपछि पुरा गर्नुपर्छ ।
कैले कैलै मिठा मिठा कुरा गर्नुपर्छ ।।

भेट भयो चिनाजानी, पिरतीको गाँठो ।
अझै नजिक भईदेउ तिमी लजाउनुको साटो ।।

रचनाकार छबिराम सुनार ( निर्दोष)
डेढगाउँले भान्जा
बौदीकाली 2 नवलपुर
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...